युद्धको नियमलाई सम्मान गर्न दुवै पक्षलाई टर्कीका राष्ट्रपतिको अपिल, मध्यस्थताको अफर

अंकारा । टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोगानले इजरायल र हमासबिच जारी संर्घषका दौरान दुवै पक्षलाई युद्धको नियमलाई सम्मान गर्न अपिल गरेका छन् । अर्दोगानले भने, ‘इजरायलले प्यालेस्टिनी क्षेत्रमा बमबारी गर्न बन्द गर्नुपर्छ र प्यालेस्टाइनले इजरायली नागरिकमाथि उत्पीडन बन्द गर्नुपर्छ ।’
उनले थपे, ‘युद्धको पनि एउटा तरिका र नैतिकता हुन्छ । हामी प्यालेस्टिनी नागरिकमाथि इजरायलले गरेको उत्पीडनको विरुद्धमा छौँ त्यसरी नै हामी इजरायली नागरिकमाथि गरिएको हिंसाको पनि विरोध गर्छौँ । गाजामा जसरी अन्धाधुन्ध बमबारी गरी आम मानिस, महिला र बालबालिकाको हत्या गरिँदैछ त्यो मान्य छैन ।’
अर्दोगानले दुई पक्षबिच मध्यस्थताका लागि प्रस्ताव पनि पेस गरेका छन् । उनले भने, ‘हामी इजरायल र प्यालेस्टाइन दुवै पक्षलाई युद्धविरामको अपिल गर्छौँ । यसबाट शान्तिपूर्ण समाधानको बाटो खुल्छ । बन्दीहरूको अदलाबदलीसहित संघर्ष रोक्ने कुनै पनि मध्यस्थताको लागि हामी तयार छौँ ।’
इजरायली सेनाका अनुसार गत राति गाजामा २ सयभन्दा बढी स्थानमा गरिएको हमलामा अहिलेसम्म हमासका १५ सय चरमपन्थी मारिएका छन् । उता हमासको कारबाहीमा इजरायलमा कम्तीमा ९ सय जनाको मृत्यु भएको छ ।
इजरायलले गाजामा बिजुली, पानी, खानेकुरा र इन्धनको आपूर्ति बन्द गरेको छ । गाजामा २३ लाख मानिस बस्छन् जसमा ८० प्रतिशत जनता इजरायलसँग जारी दशकौँदेखिको तनावका कारण मानवीय सहायतामा निर्भर छन् । गाजामा हमास चरमपन्थीहरुको कब्जा भए पनि हवाई र समुद्री बाटो इजरायलको कब्जामा छ । उसले नै गाजामा के आउने र के बाहिर जाने कुरामा नियन्त्रण गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहलगाम हमलाको निष्पक्ष अनुसन्धानमा सहयोग गर्न पाकिस्तान तयार
-
नेपालको क्रिकेटसँग जोडिन पाउँदा निकै उत्साहित छु : नवनियुक्त प्रशिक्षक स्टुअर्ट ल
-
छ कठ्ठा जग्गामा सागसब्जीखेती, वार्षिक तीन लाख आम्दानी
-
राप्रपाले पनि गर्यो पाकिस्तान दूतावास अगाडि प्रदर्शन
-
ट्रम्पले दाबी गरे पनि अमेरिकासँग व्यापार वार्ता नभएको चीनको दाबी
-
आधुनिक नेपाल एकीकरण अभियानका बडाकाजी अमरसिंह थापा