‘सँगै सुत्छौँ ताकि मर्दा पनि सँगै मरौँ’

गाजापट्टी । इजरायलबाट जारी हवाई आक्रमणबिच गाजाका बासिन्दाहरूले आफ्नो जीवनमा यस्तो ‘खराब समय’ कहिले पनि नदेखेको बताएका छन् । गाजाको पछिल्लो अवस्थाको बारेमा जानकारी दिँदै बुशा खालिदाले उनको परिवार वर्षौँदेखि गाजामा ‘तनाव’ को स्थितिमा बस्दै आएको बताइन् ।
उनले भनिन्, ‘वर्षौँदेखि हामी इजरायलको सेनाको तर्फबाट हुने नाकाबन्दी झेलिरहेका छौँ । उनीहरू हामीलाई बाहिर जान दिँदैनन् । पढाइका लागि पनि बाहिर जाने अनुमति छैन ।’
बीबीसीसँगै कुरा गर्दै उनले थपिन्, ‘यहाँ पानी छैन । बिजुली पनि छैन । इन्धन छैन । खाद्यान्न सकिन लागेको छ ।’ गाजामा यतिबेला मोबाइल सेवा पनि बन्द छ । उनले आफन्तसँग सम्पर्क पनि पाएकी छैनन् ।
‘मेरो परिवारले हामी सँगै सुत्नुपर्छ भन्छन् ताकि मर्यौँ भने साथमै मरौँ,’ उनले भनिन् । उनले पुरै जनसङ्ख्यालाई दण्डित गर्ने इजरायलको फैसला निकै क्रूर भएको र यसले आम नागरिकमा पारिरहेको असरबारे सोच्न सुझाइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशको आर्थिक समृद्धि : सम्भावना र मार्गचित्र
-
महिला विश्वकप आयोजनामा इङ्ल्यान्डसहित चार राष्ट्रको संयुक्त दाबी
-
१५ औँ महाधिवेशनमा कांग्रेसको संस्थापन समूह ‘इन्ट्याक्ट’ रहला ?
-
मध्यकालीगण्डकी जलविद्युत् आयोजना निर्माण सुरु
-
माओवादी अभियान : अध्यक्ष प्रचण्डसहितको टोली आज सर्लाही प्रवेश गर्दै
-
बुढानीलकण्ठमा भेला भएकाहरू महाधिवेशनमा एकै ठाउँ रहँदैनन्