परराष्ट्रमन्त्रीलाई सुनिता बरालको प्रश्न – नेपालको विमानलाई इजरायलमा अनुमति नदिएको हो ?
मङ्गलबार, २३ असोज २०८०, १२ : ०५

काठमाडौँ । नेकपा एमालेकी सांसद सुनिता बरालले इजरायलमा रहेको नेपालीहरूको तत्काल उद्धार गर्न सरकारलाई आग्रह गरेकी छिन।
मंगलबार प्रतिनिधि सभा अन्तरगत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा परराष्ट्रमन्त्री नारायण प्रसाद साउदलाई इजरायलमा तत्काल युद्ध रोकिने अवस्था नदेखिएको भन्दै त्यहाँ रहेका नेपालीहरूलाई नेपाल ल्याउने काम गर्न आग्रह गरिन् । उनले मन्त्री साउदलाई इजरायलले नेपाली विमानलाई अवतरण अनुमति दिएको छैन भन्ने कुरा आएकोले त्यसबारेमा प्रस्ट पार्न आग्रह गरेकी छिन् ।
बैठकमा परराष्ट्र मन्त्रालयले इजरायलमा रहेका नेपालीहरूको अवस्थाबारे समितिमा जानकारी गराएको छ ।