आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय
एमाले अधिवेशन

एमाले सुदूरपश्चिमकाे अध्यक्षका लागि ४ जनाको उम्मेदवारी

मङ्गलबार, २३ असोज २०८०, ११ : ५८
मङ्गलबार, २३ असोज २०८०

धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षका लागि ४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन कार्यालयले प्रकाशन गरेको प्रराम्भिक उम्मेदवारी नामावली अनुसार अध्यक्ष पदका लागि अछामका कृष्ण प्रसाद जैसी, कमल तिमिल्सिना र भरतबहादुर साउदले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, बझाङका बचनबहादुर सिंहले पनि अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवारको नाम फिर्ता आजको समय १२ः३० देखि २ बजेसम्मलाई तोकिएको छ ।  कार्यतालिका अनुसार आज दिउँसो साढे २ बजे अन्तिम नामावली प्रकाशन हुनेछ । मतदानको समय मंगलबार साँझ ५ बजेलाई तोकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप