उपत्यकामा १३ ठाउँमा दसैँ केन्द्रित यात्रु सहायता कक्ष
-_tu9mTteXy8.jpg)
काठमाडौँ । काठमाडौँ उपत्यकामा प्रहरीले दसैँ केन्द्रित यात्रु सहायता कक्ष स्थापना गरेको छ । दसैँ, तिहार र छठ पर्वमा पुर्ख्यौली थातथलोमा फर्किने यात्रुहरूलाई सहजीकरण गर्नका लागी सहायकता कक्ष स्थापना गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्र भट्टले रातोपाटीलाई बताए ।
सवारी चाप व्यवस्थापन, टिकटमा हुने कालोबजारी र ठगी नियन्त्रण गर्न सहायता कक्ष प्रभावकारी हुनसक्ने उपत्यका ट्राफिक प्रहरी कार्यालयको निष्कर्ष छ । काठमाडौँको सुन्धारा, नागढुंगा, कलंकी, नयाँ बसपार्क, चाबहिल, कोटेश्वर, बल्खु र भक्तपुरको जगातेमा सहायता कक्ष स्थापना गरिएको छ ।
यात्रु सहायता कक्षमा खटिने सुरक्षाकर्मीले तोकिएको भाडादार भन्दा धेरै भाडा लिने, लामो दूरीका सवारीमा दुई जना चलाक राखेको नराखेको चेकजाँच गर्छन् । काउन्टरमा भाडादर टाँस्न लगाउनुका साथै सवारी साधनको क्षमता भन्दा बढी यात्रु राख्ने, टिकटमा कालो बजारी गर्ने र यात्रुलाई गन्तव्यमा नपुर्याई बाटोमै अलपत्र पार्ने जस्ता कार्यको निगरानी गरिने एसएसपी भट्टले जानकारी दिए ।
काठमाडौँ उपत्यकाबाट बाहिरिने सीमा नाकामा थप जनशक्ति परिचालन गरी विशेष चेकजाँचको व्यवस्था गरिने एसएसपी भट्टले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आलुको बोराभित्र लुकाएर ओसार्दै गरेको साढे २९ किलो चरेससहित तीन युवा पक्राउ
-
अमेरिकाले ‘युएसएआईडी’का ८३ प्रतिशत कार्यक्रम रद्द गर्दै
-
विषालु रसायनले भरिभराउ जहाज र तेल ट्याङ्कर ठोक्किदा भयानक दुर्घटना, ३६ जनाको उद्धार
-
रातोपाटी ब्रिफिङ : कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णितदेखि राजावादीले ‘हल्लाए गणतन्त्रको जग’सम्म
-
निषेधाज्ञाको निर्णयपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया– गणतन्त्रको जग हल्लिएछ !
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त