संसदीय समितिमा परराष्ट्रमन्त्री
इजरायलको भ्रमण नगर्न सरकारको आग्रह
मङ्गलबार, २३ असोज २०८०, ११ : ४०

काठमाडौँ । सरकारले नेपालीहरूलाई तत्काल इजरायलको भ्रमण नगर्न आग्रह गरेको छ । मंगलबार प्रतिनिधि सभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिकाे बैठकमा परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले अहिले त्यहाँ युद्धको अवस्था रहेकाले भ्रमण भए रोक्न र भ्रमण नगर्न आग्रह गरेका हुन् ।
उनले इजरायलबाट नेपाल फर्कन चाहनेहरूको अनलाइन मार्फत विवरण संकलन गरिरहेको बताउँदै नेपालीहरूको उद्धारका लागि आवश्यकता अनुसार इजरायल सरकार र छिमेकी देशहरूको सहयोग लिने जानकारी गराए ।
समितिमा मन्त्रालयका सचिव भरतराज पाैड्यालले सामान्य अवस्थामा निधन भएका र युद्धमा मारिएकाहरूको शव ल्याउनका लागि फरक व्यवस्था रहेको बताए । युद्धका कारण निधन भएकाहरूको शव सेनाको जिम्मामा हुने भएकाले सोहीअनुसार प्रक्रिया जारी रहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते
-
‘राजसंस्थाको रेल छुटिसकेको छ अब कहिल्यै फर्किंदैन’
-
आइतबारदेखि सुरु हुने एसिया छनोटको ट्रफी सार्वजनिक