बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय
संसदीय समितिमा परराष्ट्रमन्त्री

इजरायलबाट नेपाल फर्कन २ सय आवेदन, दुई विमान तयारी अवस्थामा

मङ्गलबार, २३ असोज २०८०, ११ : २१
मङ्गलबार, २३ असोज २०८०

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण प्रसाद साउदले इजरायलबाट स्वदेश फर्किनका लागि २ सय जनाले नेपाली राजदूतावासमामा आवेदन दिएको जानकारी गराएका छन् । मंगलबार प्रतिनिधि सभा अन्तरगतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा  इजरायलमा रहेका नेपालीहरूको बारेमा जानकारी गराउँदै उनले स्वदेश फर्कन चाहनेलाई नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सलाई तयारी अवस्थामा राखेको बताए । 

मन्त्री साउदले इजरायलको दक्षिणी क्षेत्रमा प्यालेस्टाइनकाे हमास समूहबाट आक्रमण भएको जानकारी दिँदै अहिले त्यहाँ  युद्धको अवस्था रहेको बताए । उनले इजरायलमा ४५ सय केयर गिभर र २६५ बिद्यार्थी रहेकाेमा दक्षिणी क्षेत्रमा हमासकाे आक्रमणमा १० जनाकाे निधन भएको जानकारी गराए । 

४ जनाकाे उपचार भइरहेकाे र एकजनाकाे अवस्था पहिचान नभएको उनको भनाइ छ ।

यस्तै ५५ जना विद्यार्थीलाई सुरक्षित स्थानमा सारिएको बताउँदै उनले उत्तरी क्षेत्रमा रहेका हरूलाई बंकरमा राख्ने व्यवस्था गरिएको जानकारी गराए ।

 त्यहाँ रहेका नेपालीको सुरक्षा,उद्धारका लागि इजरायल सरकारसँग समन्वय गरेको र दूतावासलाई सक्रिय बनाइएको बताए । 

मन्त्री साउदले परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावासमा सम्पर्क व्यक्ति तोकेर स्वदेश फर्कन चाहनेको विवरण संकलन गरेको बताए । 

नेपालस्थित इजरायलका राजदूतसँग छलफल गरी मृतकको शव छिटो ल्याउनका लागि सहजीकरणको लागि आग्रह गरेको पनि  साउदले जानकारी गराए । राजदूतले तेल अबिबकाे विमानस्थल सञ्चालन भइरहेकोले उद्धारका लागि सहज अवस्था रहेको जानकारी गराए समितिमा बताए । 

राजदूतले परिस्थिति इजरायल सर कारको नियन्त्रणमा आइसकेको र स्वदेश फर्कन चाहनेका लागि समन्वय गर्ने बत्ताएको परराष्ट्रमन्त्रीले जानकारी गराए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप