प्रभाव पार्न सक्ने खेलाडी : मोहम्मद रिजवान (पाकिस्तान)

पाकिस्तानी टोलीका विकेटकिपर ब्याट्सम्यान हुन्, मोहम्मद रिजवान । ३१ वर्षीय रिजवानले थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा पाकिस्तानी टोलीलाई सफलता दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।
जारी एकदिवसीय विश्वकपमा पनि रिजवानबाट पाकिस्तानले निकै आशा गरेको छ । उनले सन् २०१५ को अप्रिल १७ मा बंगलादेशविरुद्ध खेल्दै एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘डेब्यू’ गरेका थिए । आफ्नो ‘डेब्यू’ खेलमै उनले ६७ रन बनाएका थिए ।
रिजवानले हालसम्म पाकिस्तानका लागि ६६ एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । उनले एकदिवसीय खेलमा ३७।४६ को औसतले कुल एक हजार सात सय ६१ रन बनाएका छन् । उनले दुई शतक र १३ वटा अर्धशतक पनि बनाएका छन् ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन एक सय १५ रन हो । एकदिवसीय क्रिकेटमा उनले तीनवटा स्टम्पिङ गरेका छन् भने ६५ वटा क्याच पनि लिएका छन् । जारी विश्वकपमा आफ्नो पहिलो खेलमा पनि उनले अर्ध शतक बनाएका थिए । नेदरल्यान्ड्सविरुद्धको उक्त खेलमा रिजवानले ६८ रन बनाएका थिए ।
रिजवानले पाकिस्तानका लागि २८ वटा टेस्ट पनि खेलेका छन् । टेस्ट क्रिकेटमा उनले ३९।५२ को औसतले कुल एक हजार चार सय २३ रन बनाएका छन् । टेस्टमा उनले दुई शतक र आठवटा अर्धशतक प्रहार गरेका छन् ।
टेस्ट क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन अविजित एक सय १५ रन हो । टेस्ट क्रिकेटमा उनले तीनवटा स्टम्पिङ गरेका छन् भने ७० वटा क्याच लिएका छन् । यसका अतिरिक्त उनले देशका लागि ८५ वटा टी—२० अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खेलिसकेका छन् ।
टी—२० क्रिकेटमा उनले ४९।०७ को औसतले कुल दुई हजार सात सय ९७ रन बनाएका छन् । टी—२० मा उनले एक शतक र २५ वटा अर्धशतक हिर्काएका छन् । उनको उत्कृष्ट प्रदर्शन भने अविजित एक सय चार रन हो । उनी तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउने खेलाडी हुन् । रिजवानले टी—२० क्रिकेटमा ११ वटा स्टम्पिङ गरेका छन् भने ४३ वटा क्याच पनि लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नाइजेरियामा सङ्कटकाल घोषणा
-
आरआर क्याम्पसको ताला खुल्यो, फर्जी कार्डको विषयमा छानबिन गर्न समिति गठन गरिने
-
‘समयले जन्माएका कथाहरू’ लोकार्पण
-
ट्रकमा २५ करोड बोकेर हिँडेका कुसाङको डेरामा बास !
-
१० बजे १० समाचार : फेरि लोडसेडिङको चर्चा, सुराक दिने मालामाल
-
एसइईको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर परीक्षा दिन आग्रह