नागरिकहरूको मृत्यु हुँदा सरकार बेखबर हुनु लज्जास्पद : क्रान्तिकारी कम्युनिस्ट पार्टी
काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीले प्रचण्ड नेतृत्वको सरकारले इजरायलको पक्षमा वक्तव्यबाजी गरेर साम्राज्यवादको दलाली गरेको आरोप लगाएको छ । आइतबार इजरायलमा प्यालेस्टाइनी हमास समूहको आतङ्ककारी हमलामा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएकोमा विज्ञप्ति जारी गर्दै सरकारमाथि उक्त आरोप लगाएको हो ।
‘इजरायली सत्ताबाट प्यालेस्ताइनी जनतामाथि थोपरिएको अत्याचारप्रति आँखा चिम्लिएर अमेरिकी साम्राज्यवादको गोटी इजरायली सरकारको पक्षमा वक्तव्यबाजी गर्ने दाहाल सरकारको साम्राज्यवाद प्रतिको दलाली लज्जास्पद परिघटना हो । हाम्रो पार्टी यसको भर्त्सना गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।
विदेशी भूमिमा नागरिकहरूको हताहाति हुँदा पनि नेपालको दूतावास बेखबर हुनु, सरकारसँग समन्वय गरेको औपचारिकता मात्र देखिनु तर व्यवहारमा क्रियाशील हुन नसक्नु सरकार र यसका निकायहरूको लाचारीपन भएको आरोप छ ।
साथै इजरायलमा अध्ययनरत नेपाली विद्यार्थीहरू, श्रमजीवी कामदारहरू तथा पर्यटकहरूलाई सुरक्षित स्थानमा सार्न र देशमा फर्कन चाहने नेपालीहरूलाई तुरुन्त देशमा फर्काउने व्यवस्था मिलाउन नेपाल सरकारसँग माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बीपी राजमार्गको क्षतिग्रस्त खण्डको मर्मत सुरु
-
आज ८ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
‘साइबर अपराध नियन्त्रणमा मेटा र टिकटक सहयोगी, अरूको बेवास्ता’
-
नेपालमा लगानी भित्र्याउन संविधान प्रदत्त अधिकार कार्यान्वयन अनिवार्य : केसी
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
दुई दलीय स्वार्थको टकरावले मधेश कृषि विश्वविद्यालय बन्द !