बालेनद्वारा काठमाडौँ महानगरका कुकुरको बन्ध्याकरण गर्ने घोषणा
काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह बालेनले महानगर मातहतमा रहेका कुकुरको व्यवस्थापन गर्न बन्ध्याकरण अभियान चलाउने घोषणा गरेका छन् । कुकुर व्यवस्थापन हुन नसकेको गुनासो आउन थालेपछि महानगरले बन्ध्याकरण र रेबिज विरुद्धको खोप अभियान सञ्चालन गर्ने उनले जानकारी दिए ।
बालेनले भनेका छन् –'चुनाव बेला घरदैलो गर्दा होस वा कल सेन्टरमा गुनासो काठमाडौँको मुख्य समस्या मध्य कुकुर ब्याबस्थापन पनि रहेछ । पशु कल्याण र पशु अधिकारका लागि हामी सचेत छौँ । यस कारण सामुदायिक कुकुर र बिरालाको सङ्ख्या सीमित गरेर, भएकाहरूलाई बस्न र बाँच्न उचित वातावरण तयार पार्ने कार्यक्रम सञ्चालन गर्दै छौँ ।'
मङ्गलवारबाट महानगरपालिकाका ९ वटा वडा (४, ७, ९, ११, १४, १५, २५, ३१ र ३२) बाट एकै साथ बन्ध्याकरण र खोपका कार्यक्रम चलाइने उनले जानकारी दिए । आउँदो ३ महिनाभित्र ५ हजार ८ सयको बन्ध्याकरण र १६ हजारलाई रेबिज विरुद्धको खोप दिने योजना पनि उनले सुनाए ।
यस्तो छ बालेनको जानकारी
चुनाव बेला घरदैलो गर्दा होस वा कल सेन्टरमा गुनासो काठमाडौँ को मुख्य समस्या मध्य कुकुर ब्याबस्थापन पनि रहेछ ।
पशु कल्याण र पशु अधिकारका लागि हामी सचेत छौँ । यस कारण सामुदायिक कुकुर र बिरालाको सङ्ख्या सीमित गरेर, भएकाहरूलाई बस्न र बाँच्न उचित वातावरण तयार पार्ने कार्यक्रम सञ्चालन गर्दै छौँ ।
मङ्गलवारबाट महानगरपालिकाका ९ वटा वडा (४, ७, ९, ११, १४, १५, २५, ३१ र ३२) बाट एकै साथ बन्ध्याकरण र खोपका कार्यक्रम चलाउनेछौँ । आउँदो ३ महिनाभित्र ५ हजार ८ सयको बन्ध्याकरण र १६ हजारलाई रेबिज विरुद्धको खोप दिनेछौँ ।
९ वडा हुदै हामी ३२ वडा पुग्नेछौ ।
वडा ४ मा ‘पशुपंक्षीप्रति निर्दयता रोकावट समाज, नेपाल’, वडा ७ मा ‘काठमाडौँ एनिमल ट्रिटमेन्ट सेन्टर (क्याट सेन्टर)‘, वडा ९ मा ‘बत्तीसपुतली युवा, समाज’, वडा ११ मा ‘अक्सा नेपाल’, वडा १४ मा ‘एनिमल नेपाल’, वडा १५ मा ‘नेपाल जुनोसिस एण्ड फुड हाइजिन रिसर्च सेन्टर’, वडा २५ मा ‘स्नेहाज केयर’ले काम गर्नेछन् । वडा ३१ मा ‘भेट फर योर पेट’ र वडा ३२ मा ‘मण्डला भेट हस्पिटल’ले काम गर्नेछन् ।
कार्यक्रम सञ्चालन विधि
तोकिएका सङ्घसंस्था तोकिएका वडामा जानेछन् । जनप्रतिनिधि वा वडाबाट खटिएका कर्मचारीको रोहवरमा सामुदायिक कुकुर र बिराला समाउनेछन् । यसरी समातिएका कुकुर बिरालाको विवरण भएको फाराम भर्नेछन् । त्यसपछि बन्ध्याकरण गर्ने ठाउँमा लैजानेछन् । बन्ध्याकरण र खोपका क्रममा यसका प्रक्रिया र अवस्थासँग सम्बन्धित फाराम भरिनेछ । त्यसपछि आराम गराएपछि ती कुकुर बिरालालाई उनीहरू बसोबास गर्ने गरेको ठाउँमा लगेर छोडिनेछ । यस क्रममा पनि फाराम भरिनेछ । फारामहरूमा वडाबाट सिफारिस गर्ने, प्रमाणित गर्ने, उपचारका संलग्न चिकित्सकसहितको हस्ताक्षर हुनेछ । खोप पाएको वा बन्ध्याकरण गरिएकाहरूको कानमा सङ्केत ९एअर नोच० चिन्ह हुनेछ ।
यसरी काम गर्नेहरूले वडामा भएका सबै सामुदायिक कुकुर र बिरालाको खोप र बन्ध्याकरणको काम सकेको वडाबाट सिफारिस भएपछि अर्को वडाको जिम्मेवारी दिइनेछ ।
काठमाडौँ महानगरपालिकाले २०८० सालमा कुकुर÷बिरालो बन्ध्याकरण, भ्याक्सिनेसन तथा अभिलेखन कार्यविधि जारी गरेको छ । यही कार्यविधिमा उल्लेख भएका व्यवस्थाका आधारमा कार्यक्रम चलाइनेछ ।
कार्यविधिमा बन्ध्याकरण तथा खोप कार्यक्रम सञ्चालन विधि र प्रक्रिया, यस कार्य सहकार्य गर्ने सङ्घ संस्थाको छनोट प्रक्रिया, निगरानी, अभिलेखन, अनुगमन, मूल्याङ्कन र गुनासो सम्बोधन, भुक्तानी, घरपालुवा कुकुर बिरालोको व्यवस्थापनलगायत विषय समावेश छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यू–१९ एसिया कपमा नेपाल श्रीलंकासँग पराजित
-
मौन अवधिमा निर्वाचन आचारसंहिता उल्लङ्घन, प्रमुख निर्वाचन आयुक्तसहित प्रहरीका एसएसपी अनुगमनमा
-
कुमारी बैंक लिमिटेड र भिजन कार्टबिच सम्झौता
-
विवाहपञ्चमी महोत्सव र गढीमाई मेलालाई व्यवस्थित बनाइने
-
लुम्बिनी बौद्ध विश्वविद्यालयका २८९ विद्यार्थी दीक्षित
-
सन्तोषनारायणको नियुक्तिपछि सेबोनमा नवराजले छाडे प्रवक्ताको जिम्मेवारी