समाचार
त्रिभुवन विमानस्थलबाट ५१० ग्राम सुन बरामद
सोमबार, २२ असोज २०८०, १८ : ३१
काठमाडौँ । त्रिभुवन विमानस्थलबाट ५१० ग्राम सुन बरामद गरिएको छ । उक्त सुन मलेसियाबाट मलेसियन एयरलाइन्समा आएका सिन्धुलीका नवराज धामीले ल्याएका हुन् ।
सोमबार दिउँसो ५१० ग्राम सुनसहित धामीलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा पक्राउ गरिएको त्रिवि भन्सार प्रमुख डा. टोकराज पाण्डेले बताए ।
पाण्डेका अनुसार उनीमाथि शंका लागि चेकजाँच गर्दा टीभीभित्र लुकाई छिपाई काचो सुन ल्याएको पाइएको हो । सोबारेमा अनुसन्धान जारी रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोटीमा सवारी दुर्घटना, एकको मृत्यु, छ जना घाइते
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
मेनपावर कम्पनीले वार्षिक १०० जना कामदार विदेश पठाउनै पर्ने प्रावधान हट्यो
-
जनमत र नागरिक उन्मुक्ति पार्टीबिच एकता घोषणा आज
-
सत्तारुढ दलको बैठक आज बस्ने, के छन् छलफलका एजेन्डा ?
-
भौतिक मन्त्रालयको आगामी बजेट : नयाँ आयोजना नराख्ने, कति पाए फास्ट ट्र्याक र रेलले ?