नेविसंघ केन्द्रको निर्देशनमा त्रिवि सेवा आयोगको ताला खुल्यो

काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालय सेवा आयोगमा लगाएको ताला सोमबार खोलिएको छ । सो संगठनले आज एक विज्ञप्ति जारी गरी आयोग कार्यालयमा लगाइएको तालाबन्दीको कार्यक्रम स्थगित गरिएको जानकारी दिएको हो ।
नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाको निर्देशनमा नेविसंघ त्रिवि जिल्ला कमिटीले ताला खोलेको छ । केही दिनअघि नेविसंघ त्रिवि समितिले विगतमा विवादास्पद परीक्षा र मूल्याङ्कनका विषयमा आवश्यक छानबिन नगरी अपारदर्शी र अनियमित प्रक्रियाबाट अगाडि बढ्न खोजेको भन्दै तालाबन्दी गरेको थियो । तालाबन्दीका कारण उप–प्राध्यापक, सह–प्राध्यापक र प्राध्यापक पदको अन्तर्वार्ता स्थगित भएको थियो ।
सो संगठनले आयोगले विगतकै अपारदर्शी र अनियमित प्रक्रियाबाट अगाडि बढाउन खोजिएका काम कारबाहीलाई यथावत रुपमा अगाडि बढाउने गरी अन्तर्वार्ता लगायतका कार्यक्रम अगाडि बढाएको र यस्ता विवादास्पद विज्ञापन र मूल्यांकनका आधारमा त्रिवि सेवा आयोगले गर्ने काम कारवाही विश्वविद्यालयको हितमा नहुने भन्दै तालबान्दी गरिएको जनाएको थियो । तर अहिले हाललाई अन्तरवार्ता स्थगित भएको र नेविसंघ केन्द्रीय कार्यसमितिको पनि ताला खोल्ने स्पष्ट निर्देशनअनुसार तालबन्दी स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ ।
नेविसंघले अन्य विरोधका कार्यक्रम भने यथावत रहेको अवगत गराउँदै आगामी दिनमा अन्तरवार्ता सञ्चालन गर्नुपूर्व आफूहरुले राखेका मागलाई सम्बोधन गरेर मात्र अघि बढ्न अनुरोध गरेको छ । त्यसो नगरिए अझै कडा आन्दोलन गर्ने चेतावनी समेत सो संगठनले दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘वित्तीय सङ्घीयता’ शीर्षकमा ल्याएको भनिएको रकमबारे प्रस्ट पार्न सरकारसँग माग
-
कुर्स्कका बासिन्दाहरूलाई निकाल्न युक्रेनसँग ‘सम्झौता’ भएको रुसको भनाइ
-
कृषि मन्त्रालयले रोक लगाएको दुग्धजन्य वस्तु भन्सारबाट धमाधम भित्रिँदै
-
न्युजिल्याण्डसामु २ सय ३६ रनमा समेटियो बंगलादेश
-
सीमा अपराध न्यूनीकरण गर्न सशस्त्र प्रहरीसम्बन्धी कानुन संशोधन गर्न लागिएको होः गृहमन्त्री
-
कानुन निर्माणमा लापरबाही, चार जना सांसदले बोलेर पारित भयो विधेयक