उपभोक्ता ठगिने काम भए तत्काल पदबाट राजीनामा दिन्छु : उद्योगमन्त्री रिजाल

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उपभोक्तामाथि ठगी गर्ने खालको कुनैपनि काम आफूबाट हुनै नसक्ने बताएका छन् ।
सोमबार संघीय संसद् प्रतिनिधि सभा अन्तगतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले आफूले उपभोक्ताको नाममा बदमासी गरेको प्रमाणित भए तत्काल पदबाट राजीनामा दिने समेत बताए ।
मन्त्री रिजालले चाडपर्वका बेलामा पनि दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको स्वीकार गर्दै आगामी दिनमा त्यसमा सुधार गर्दै लैजाने प्रतिबद्धता समेत व्यक्त गरे । उनले कालो बजारी गर्नेहरुलाई सोही अनुसारको दण्डसजायको व्यवस्था गर्न कानूनकै अभाव रहेको गुनासो समेत गरे ।
मन्त्री रिजालले उपभोक्ताहरुमाथि ठगी गर्नेहरुलाई गरिएको दण्डसजाय असुली गर्न सरकारसँग कुनै मेकानिजमनै नभएको पनि पटकपटक बताए ।
बैठकमा बोल्दै सत्तारुढ दलका सांसदहरुले नै चाडपर्वलाई ध्यानमा राखेर सरकारले आम उपभोक्तामा हित हुनेगरी आवश्यक व्यवस्था मिलाउन नसकेको गुनासो गरे । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले चिनी जस्ता चाडपर्वमा अतिआवश्यक बस्तुको समेत व्यवस्था गर्न नसकेको भन्दै सरकारको आलोचना गरे । उनले साल्ट ट्रेडिङ र खाद्य संस्थानले आफ्नो काम गर्न नसकेको भन्दै त्यसलाई खारेज गर्नुपर्ने अवस्था आएको पनि बताए ।
कांग्रेसकै अर्का सांसद अर्जुननरसिंह केसीले चाडपर्वका बेला बजार अनुगमन गरेपनि सरकारले जनताको चाहना अनुसार सस्तो मूल्यका वस्तुहरुको उपलब्धता गराउन नसकेको बताए । उनले मूल्यवृद्धि निरन्तरको प्रक्रिया जस्तो बन्दा पनि त्यसलाई नियन्त्रण गर्न सरकार लागि नपरेका गुनासो गरे ।
सांसद केसीले मुलुकमा वित्तिय अराजकताको शुरुवात भइरहेकोतर्फ पनि सरकारलाई सचेत गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'गणतन्त्रवादी एक हुनुपर्छ, पूर्वराजाको सम्पत्ति छानबिन गर्नुपर्छ'
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु
-
नैनसिंह महरलाई प्रश्न : समयमै नेविसंघको महाधिवेशन किन हुँदैन ?
-
बंगलादेशमा हिन्दुवादी नेताको अपहरणपछि कुटेर हत्या, भ्यानमा राखेर घरमै पठाइदिए शव
-
प्रभु साहको प्रश्न : म्यानपावरहरूले १० हजार सेवा शुल्क लिनुपर्नेमा लाखौँ रकम असुलिरहँदा सरकार किन मौन ?
-
अमेरिकाले सिरियाबाट एक हजार सैनिक फिर्ता गर्ने