स्थानीय तहका कर्मचारी र प्रहरीबीच झडप, २५ जना घाइते (तस्बिरहरु)
सोमबार, २२ असोज २०८०, १६ : १९
![स्थानीय तहका कर्मचारी र प्रहरीबीच झडप, २५ जना घाइते (तस्बिरहरु)](https://npcdn.ratopati.com/media/news/karmachari-(11)_NuZ5bB04nF.jpg)
काठमाडौँ । स्थानीय तहका कर्मचारी र प्रहरीबीच झडप भएको छ । निषेधित क्षेत्र प्रवेश गर्ने क्रममा कर्मचारी र प्रहरीबीच झडप भएको हो ।
सो क्रममा २५ जना घाइते भएको बताइएको छ । सरकारले ल्याउन लागेको संघीय निजामती विधेयकमा असन्तुष्टि जनाउँदै स्थानीय तहका कर्मचारीहरूले प्रदर्शन गर्दै आएका छन् । कर्मचारीहरुले सोमबार माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।
संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै कर्मचारी हुनुपर्ने, अन्तर स्थानीय तहका कर्मचारीको सरुवामा दोहोरो सहमति आवश्यक नपर्ने लगायतका माग राखी उनीहरू आन्दोलनमा उत्रिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता