संसदमा गोकुल बाँस्कोटा : सरकारको कुटनीतिक कमजोरी छताछुल्ल भयो

काठमाडौँ । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले सरकारको कुटनीतिक कमजोरी छताछुल्ल भएको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै बाँस्कोटाले इजरायलमा हमासको आक्रमण परे १० नेपाली विद्यार्थीले ज्यान गुमाएको तथा कतिपय संकटमा फसेकाहरुलाई उद्धारमा भएको ढिलाइले सरकारको कुटनीति छताछुल्ल भएको बताएका हुन् ।
‘सरकारको कुटनीति छताछुल्ल पोखिएको छ । प्रधानमन्त्री भिडियो कल गरेर लोकप्रिय काम गद्र्यै हुनुहुन्छ’ उनले भने, ‘समवेदना । तर त्यहाँ संकटमा फसेका नेपालीहरुको चाहाना तत्काल स्वदेश फकाईयोस् भन्नेछ ।’
उनले इजरायलले पुरै युद्धको घोषणा गरेको भन्दै त्यहाँ रहेका सबै नेपालीहरुलाई तत्काल नेपाल फर्काउन र उपचारको व्यवस्था गर्न माग गरे । आकस्मिक समयमा बोल्ने अधिकांश सांसदहरुले इजरायलमा संकटमा परेका नेपालीहरुको तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु, २ जना घाइते
-
हेटौँडा अस्पतालको बोर्डबाट युवाहरूले प्रतिष्ठानको नाम मेटाए
-
प्रेम सम्बन्धमा दरार आएपछि पुरुषको चरित्र हत्या, पक्राउ परिन् युवती
-
बोडेको जिब्रो छेड्ने परम्परा : आस्था, पीडा र पुनर्विचार
-
ज्ञानेन्द्रले सच्याए प्रजातन्त्र दिवसको अभिव्यक्ति [भिडियो]
-
शिक्षकहरूको पार्टी सदस्यता जलाउने कार्यक्रम गरिदै