हमासको आक्रमणमा आफ्नो 'प्रत्यक्ष संलग्नता' इरानद्वारा अस्वीकार

तेहरान । संयुक्त राष्ट्रसंघका लागि इरानको मिसनले दक्षिणी इजरायलमा हमास लडाकुहरूले गरेको आक्रमणमा आफू संलग्न नभएको बताएको छ।
समाचार एजेन्सी रोयर्सका अनुसार मिसनले आइतवार एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हामी प्यालेस्टाइनको समर्थनमा दृढताका साथ खडा छौँ । तर प्यालेस्टाइनको यो प्रतिक्रियामा हामी संलग्न छैनौँ । यो कारबाही प्यालेस्टाइनको तर्फबाट मात्रै गरिएको हो ।’
यसअघि हमासले शनिबार भएको आक्रमणमा इरानले सहयोग गरेको दाबी गरिएको थियो । इरानले वर्षौंदेखि हमासलाई समर्थन गर्दै आएको छ र आफ्ना लडाकुहरूलाई हतियार र तालिम प्रदान गर्दै आएको छ। चरमपन्थी समूहले इरानको सहयोगले नियोजित आक्रमण गर्न मद्दत मिलेको बताएको थियो।
तर, अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आइतबार सीएनएनलाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘हामीले यस्तो कुनै प्रमाण फेला पारेका छैनौं जसको आधारमा यो आक्रमणको निर्देशन इरानले दिएको हो वा यसको पछाडि इरानको हात रहेको हो भन्न सकिन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२० करोड बराबरको यार्सागुम्बा निर्यात
-
सभापति देउवाद्वारा डङ्गोलको निधनप्रति दुःख व्यक्त
-
एनएसएल फाइनल : पोखराले रोक्न सक्ला साबिक विजेता ललितपुरको अपराजित यात्रा ?
-
रितेशको फिल्म सुटिङमा दुर्घटना : एकको शव फेला, छायांकन रोकियो
-
पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई आज भारत जाँदै
-
सुदीप न्यौपाने हत्याको विरोधमा पाकिस्तानी दूतावास अगाडि प्रदर्शन (तस्बिरहरू)