अमेरिकाले इजरायललाई सहयोग गर्न विमानवाहक पोत र जेटहरू पठायो

तेल अभिभ । अमेरिकाले इजरायललाई मद्दत गर्न पूर्वी भूमध्यसागरमा विमानवाहक पोत र जेटहरू पठाउने तथा थप उपकरण र गोलाबारुद उपलब्ध गराउने बताएको छ।हमासले दक्षिणी इजरायलमा गरेको आक्रमणपछि बढ्दो द्वन्द्वलाई ध्यानमा राखेर यो कदम चालिएको हो ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले यो कठिन घडीमा आफू इजरायलको साथमा रहेको बताएका छन् । यस आक्रमणमा इजरायलमा रहेका धेरै अमेरिकी नागरिकको पनि मृत्यु भएको थियो । यता अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले युएसएस जेराल्ड आर. एउटा फोर्ड विमान वाहक, एउटा क्षेप्यास्त्र क्रुजरलगायत त्यसतर्फ लागेका छन्। अमेरिकी लडाकु विमान पनि पठाइनेछ ।
ह्वाइट हाउसले आगामी दिनमा इजरायललाई थप सैन्य सहायता पठाइने बताएको छ । इजरायलले अहिलेसम्म ७०० जनाको ज्यान गएको र १०० भन्दा बढी मानिसलाई बन्धक बनाएको जनाएको छ । इजरायली आक्रमणमा गाजामा ४ सयभन्दा बढीको मृत्यु भएको छ भने २३ सयभन्दा बढी घाइते भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहलगाम हमलाको निष्पक्ष अनुसन्धानमा सहयोग गर्न पाकिस्तान तयार
-
नेपालको क्रिकेटसँग जोडिन पाउँदा निकै उत्साहित छु : नवनियुक्त प्रशिक्षक स्टुअर्ट ल
-
छ कठ्ठा जग्गामा सागसब्जीखेती, वार्षिक तीन लाख आम्दानी
-
राप्रपाले पनि गर्यो पाकिस्तान दूतावास अगाडि प्रदर्शन
-
ट्रम्पले दाबी गरे पनि अमेरिकासँग व्यापार वार्ता नभएको चीनको दाबी
-
आधुनिक नेपाल एकीकरण अभियानका बडाकाजी अमरसिंह थापा