सामसङको अफरका ९ जना भाग्यशाली विजेताहरू घोषित

काठमाडौँ । ‘सामसङ मोबाइल च्याप्पै, स्कूटर झ्याप्पै’ योजनाका ९ जना भाग्यशाली विजेताहरुले ९ वटा टिभीएस १२५ सिसिको स्कूटर जितेका छन् । विजेताहरूलाई असोज २ देखि असोज १५ सम्मको प्रवर्धनात्मक अवधिमा सामसङ स्मार्टफोन वा ट्याब्लेट खरिद गर्ने सहभागीहरूको समूहबाट छनोट गरिएको कम्पनीले जनाएको छ ।
हरेक वर्ष जस्तै यो वर्ष पनि सामसङले आफ्ना ग्राहकहरूले सामसङप्रति देखाएको माया र उत्साहलाई प्रशंसा गर्दै यो दशैं कन्सूमर प्रमोसन योजना प्रारम्भ गरिएको जनाइएको छ ।
हालसम्म असोज ५ र असोज ७ का दुई विजेताले आफ्नो स्कूटर दाबी गरिसकेका छन् । सो विजेताहरू ताम्राकार कम्प्लेक्सको स्मार्ट जोन मोबाइल एण्ड एसेसरिजबाट सामसङ ग्यालेक्सी एम १४ ५जी खरिद गरेकी ललितपुरको कुमारीपाटीकी लीला गमाल र भक्तपुरको स्मार्ट टेक जोन इन्टरप्राइजेजबाट सामसङ ग्यालेक्सी ए२४ खरिद गरेकी भक्तपुरकी जेनी भलान्द्यो रहेका छन् ।
जेनी भन्छिन्, “म भाग्यशाली विजेता हुनेछु भनेर मैले सोचेकी पनि थिइनँ । नयाँ १२५ सीसी टिभिएस स्कुटर पाउँदा म एकदमै खुसी छु। वास्तवमा म यो दशैं बेला स्कूटर किन्ने योजनामै थिएँ र अब यस्तो लाग्छ कि भगवानले साँच्चै मेरो इच्छा सुन्नुभयो। म अझै पनि विश्वास गर्न सक्दिन कि मैले सामसङ ग्यालेक्सी ए२४ किनेर स्कूटर जितेको छु। यो अतुलनीय उपहारको लागि म सामसङ नेपालप्रति हार्दिक आभारी छु।”
लिला भन्छिन्, “म यो उपहारको लागि सामसङ नेपाललाई हृदयदेखि कृतज्ञता व्यक्त गर्न चाहन्छु र अरूलाई पनि स्कूटर जित्ने मौकाको लागि सामसङ स्मार्टफोन किन्न प्रोत्साहित गर्न चाहन्छु। आजसम्म कहिल्यै म यति भाग्यमानी भएको थिइनँ । ”
यो अफरअनुसार अझै पनि १३ वटा स्कूटर जित्ने मौका बाँकी नै छ । कम्पनीले यो अफरमा सहभागी हुन ग्राहकलाई अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध