प्रभाव पार्न सक्ने खेलाडी – विक्रमजित सिंह (नेदरल्यान्ड्स)

काठमाडौँ । विक्रमजित सिंह नेदरल्यान्ड्सका ओपनर ब्याट्सम्यान हुन् । नेदरल्यान्ड्सले यो विश्वकपमा सबैभन्दा बढी विश्वास गरेको खेलाडी बास डी लिड र विक्रमजित सिंह नै हुन् । २० वर्षीय युवा खेलाडी विक्रमजित ओपनिङ ब्याट्सम्यान हुन् ।
कुशल ब्याट्सम्यानका अतिरिक्त उनी मध्यमजेत गतिका बलर हुन् । रमाइलो पक्ष के हो भने उनी ब्याटिङ बायाँ हातले गर्छन् भने बलिङ दायाँ हातले । जारी विश्वकपको पहिलो खेलमा पनि उनले ५२ रन बनाएका थिए ।
पाकिस्तानविरुद्धको उक्त खेलमा विक्रमजितले ६७ बलको सामना गरी एक छक्का र चारवटा चौका पनि हिर्काएका थिए । पाकिस्तानविरुद्धको त्यो खेलमा उनले बास डी लिडसँग मिलेर टोलीको स्कोरलाई दुई सय पाँच रनसम्म पुर्याएका थिए ।
विक्रमजितले हालसम्म देशका लागि २६ वटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । एकदिवसीय खेलमा उनले ३३.०७ को औसतले कुल आठ सय ६० रन बनाएका छन् । यही विश्वकपमा उनी एक हजार रनको कोशेढुंगा पार गर्ने योजनामा देखिन्छन् ।
एकदिवसीय खेलमा उनले हालसम्म एक शतक र पाँचवटा अर्धशतक बनाएका छन् । एकदिवसीय खेलमा उनको उच्च स्कोर एक सय १० रन हो । उनले देशका लागि आठवटा टी—२० अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खेलेका छन् ।
टी—२० अन्तर्राष्ट्रियमा उनले कुल ७६ रन बनाएका छन् । एकदिवसीय क्रिकेटमा उनले सातवटा विकेट पनि लिएका छन् । बलिङतर्फ उनको उत्कृष्ट प्रदर्शन १२ रन दिएर दुई विकेट हो । पाकिस्तानविरुद्धको पहिलो खेलमा नेदरल्यान्ड्सले उनलाई बलरका रूपमा समेत प्रयोग गरेको थियो । तर, उनले विकेट भने लिन सकेनन् ।
विक्रमजितले सन् २०२२ को मार्च २९ मा न्युजिल्यान्डविरुद्ध खेल्दै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेका थिए । एकदिवसीय विश्वकपको छनोट प्रतियोगितामा उनी नेदरल्यान्ड्सका लागि सबैभन्दा बढी रन जोड्ने खेलाडी पनि बनेका थिए । विश्वकप छनोटमा उनले कुल तीन सय २६ रन बनाएका थिए । एकदिवसीय विश्वकपमा भने यो उनको पहिलो सहभागिता हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशमा अझै कुप्रथाले जडा गाडेको छ : प्रधानमन्त्री
-
गरिबीका अगाडि अरु अधिकारको कुनै अर्थ हुँदैन : प्रधानमन्त्री
-
मधेस प्रदेशसभामा प्रधानमन्त्रीको सम्बोधनः जनतालाई पवित्रभावका साथ सेवा दिएर लोकतन्त्रलाई बलियो बनाउनुपर्छ
-
राप्रपाको सभामा घुसपैठ भएको आरोपमा दुईजना नियन्त्रणमा
-
ई स्पोर्टस टोली उज्वेकिस्तान प्रस्थान
-
वीरेन्द्रनगरमा एमालेको जागरण सभा (तस्बिरहरू)