आइतबार, १८ फागुन २०८१
ताजा लोकप्रिय

मण्डला थियटरमा नियमित ‘ब्युँझिएको सिरानी’

सोमबार, २२ असोज २०८०, ११ : ३७
सोमबार, २२ असोज २०८०

काठमाडौंँ । थापागाउँस्थित मण्डला नाटकघरमा केही दिनदेखि नाटक ‘ब्युँझिएको सिरानी’ नियमित मञ्चन भैरहेको छ । गत असोज १६ गतेबाट सुरु भएको नाटकका परिकल्पना तथा निर्देशन जेडी तमु रहेका छन् ।
मानसिक स्वास्थ्यको विषयमा बनेको नाटकले एउटा मानिसले आफ्नो लक्ष्य प्राप्तिका लागि गर्ने संघर्षको दौरानमा आउने उतार चढावको कथा देखाएको छ । नेपाली लोक गीत, लोक नृत्य र गीत संगीतको संयोजन सहित प्रस्तुत हुने नाटकका कला निर्देशन अनिल सुब्बा हुन् ।

प्रविती राई, नवीन बयल्कोटी र आयुषले प्रत्यक्ष संगीत प्रस्तुती दिने नाटकको प्रकाश परिकल्पना उमेश तामाङ रहेका छन् ।

रूपेश लामा, वेदना राई, सुरज तमू, मनि के राई, सुजन सेनेहाङ, सृष्टि महर्जन, दिया शाक्य, रेनुका घर्ति मगर, मुस्कान राउत, लुनिभा महर्जन, रामचन्द्र पनेरू, ग्लोरी थापालगायत कलाकारको अभिनय रहने नाटक असोज २८ गतेसम्म नियमित मञ्चन हुने मण्डला थियटरले जनाएको छ ।

‘ब्युँझिएको सिरानी’ वाइ स्ट्यान्ड डान्स स्कुलको प्रस्तुति र इलाम गुरुङ सोसाइटीको सह–प्रस्तुतिमा तयार भएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?