फोनपेको 'सुपरयात्रा' अभियानमा म्याकबुक एयर जित्ने मौका
काठमाडौँ । नेपालको अग्रणी भुक्तानी प्रणाली संचालक, फोनपे ले “फोनपे सुपरयात्रा” नामक अभियान संचालन गरेको छ | उक्त अभियानको उद्देश्य, मोबाइल बैंकिङ एप मार्फत एयरलाइन टिकेट खरिद गर्दा ग्राहकहरु बीच डिजिटल भुक्तानीको सहजतालाई झल्काउनु रहेको कम्पनीले जनाएको छ ।
"सुपरयात्रा" अभियान असोज १७ देखि कार्तिक ११ सम्म लागू हुनेछ। यस अभियान अन्तर्गत एक भाग्यशाली ग्राहकले उपहार स्वरुप म्याकबुक एयर प्राप्त गर्ने छन्।अतिरिक्त लाभको रूपमा, नयाँ ग्राहकहरूले प्रोमो कोड SUPERYATRA200 प्रयोग गरी आफ्नो पहिलो एयरलाइन टिकट खरिद गर्दा रु २०० क्यास ब्याक को मजा लिन सक्ने छन्। यस अभियानमा सहभागि हुन ग्राहकहरुले तोकिएको अभियान अवधिमा मोबाइल बैंकिङ एप मार्फत कम्तीमा एउटा एयरलाइन टिकट खरिद गर्नुपर्ने कम्पनीले जनाएको छ।
यस अभियानले मोबाइल बैंकिङ एप मार्फत एयरलाइन टिकटहरू खरिद गर्ने सहजतालाई मनाउनुको साथ साथै यस चाडपर्वको घडिमा अधिकांश ग्राहकहरुको यात्रामा थप उर्जा थप्ने लक्ष्य पनि राखेको कम्पनीले जनाएको छ ।
फोनपेका चिफ स्ट्राटेजि अफिसर सुवोद शर्माले भने, “हाम्रो अभियानको प्रमुख उद्देश्य, यात्रुहरूले एयरलाइन टिकट खरिद गर्दा मोबाइल बैंकिङ एप रोज्नको लागि थप आकर्षणको सिर्जना गराउनु हो । हाम्रो लक्ष्य धेरै भन्दा धेरै ग्राहकहरुलाई विधुतीय भुक्तानी प्रणालीमा प्रवेश गराउनुमा केन्द्रित रहेको छ र सुपरयात्रा जस्ता अभियान सोहि लक्ष्यलाई अगाडी बढाउने एउटा कदम हो।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको उत्तर प्रदेशमा फाइबर केबल चुँडिदा इन्टरनेटमा समस्या
-
पहिलो याक्खा हाक्पारे ‘ओम्माङ्बा’ सार्वजनिक
-
बागमती प्रदेशमा सर्वदलीय बैठक आह्वान
-
रियालिटी शो 'कमेडी किड्स'को औपचारिक घोषणा
-
दुःखी आत्माको ट्रेलर : ‘मलाई कविता होइन कवि चाहिएको हो’
-
५९९ वटा सवारी साधनको प्रदूषण चेकजाँच गर्दा ३४५ वटा मापदण्ड विपरीत