रौतहटमा तीन स्थानमा यात्रु सहायता कक्ष स्थापना

रौतहट। दसैँ तिहारमा यात्रुहरूको सहयोगका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले ३ स्थानहरूमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । दसैँ तिहारसँगै छठ पर्वको अवसरमा हुने भिडभाडलाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले जिल्ला सदरमुकाम गौरसहित तीन स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको हो।
जिल्ला सदरमुकाम गौर, मुख्य व्यापारिक केन्द्र गरुडा र महेन्द्र राजमार्गसँग जोडिएको चन्द्रनिगाहपुर बजारमा यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख इन्स्पेक्टर सुशील आचार्य बताएका छन्।
सवारी साधनले बढी भाडा लिने, गाडीमा क्षमताभन्दा बढी यात्रु राख्ने, यात्रुमाथि हुने अभद्र व्यवहारजस्ता गतिविधि नियन्त्रण गर्न यात्रु सहायता कक्ष स्थापना गरिएको इन्स्पेक्टर आचार्यले जानकारी दिए । उनले यात्रुहरूको कुनै गुनासो भएमा जिल्ला ट्राफिक प्रहरीको मोबाइल नम्बर ९८५५०९०१२३ वा १०३ मा सम्पर्क गर्न ट्राफिक प्रहरी रौतहटले आग्रह गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आलुको बोराभित्र लुकाएर ओसार्दै गरेको साढे २९ किलो चरेससहित तीन युवा पक्राउ
-
अमेरिकाले ‘युएसएआईडी’का ८३ प्रतिशत कार्यक्रम रद्द गर्दै
-
विषालु रसायनले भरिभराउ जहाज र तेल ट्याङ्कर ठोक्किदा भयानक दुर्घटना, ३६ जनाको उद्धार
-
रातोपाटी ब्रिफिङ : कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णितदेखि राजावादीले ‘हल्लाए गणतन्त्रको जग’सम्म
-
निषेधाज्ञाको निर्णयपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया– गणतन्त्रको जग हल्लिएछ !
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त