सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

हमासद्वारा अपहरणको भिडियोमा देखिएकी छोरीलाई बचाउन एक जर्मन आमाको गुहार

सोमबार, २२ असोज २०८०, ०६ : २०
सोमबार, २२ असोज २०८०

बर्लिन । प्यालेस्टाइनी चरमपन्थी समूह हमासले शानीबार गरेको आक्रमणपछि बेपत्ता भएकी आफ्नी छोरीको बारेमा जानकारीको लागि एक जर्मन आमाले अपिल गरेकी छन् ।

इजरायलमा गाजा पट्टी नजिकै आयोजना भइरहेको संगीत महोत्सवमा हमासका चरमपन्थीहरूले आक्रमण गरी उनलाई अपहरण गरेका थिए । त्यसपछि गाजाको सडकमा पिकअप ट्रकमा राखेर परेड गराइएको थियो ।

शानी लुक एक जर्मन पर्यटक हुन् जो महोत्सवमा उपस्थित थिइन् । जब चरमपन्थीहरूले आक्रमण गरे त्यहाँ उपस्थित मानिसहरू मरुभूमितर्फ दौडिएको देखिएको थियो ।

9ed97114-338b-4e0a-a933-38ab4b5fabe0

शानी लुककी आमा रिकार्डाका अनुसार उनले आफ्नी छोरीको भिडियो हेरे जसमा उनी कारमा अचेत अवस्थामा देखिन्छिन्।  आफ्नी २० वर्षीया छोरीको तस्बिर समात्दै, रिकार्डाले सामाजिक सञ्जालमा एक अपील जारी गरेकी छन् जसमा उनले दक्षिणी इजरायलमा प्यालेस्टिनी हमासले पर्यटकहरूको समूह अपहरण गरेको उल्लेख गरेकी छन् ।

‘हामीलाई पठाइएको भिडियोमा, मैले मेरी छोरी अचेत अवस्थामा रहेको स्पष्ट रूपमा चिन्न सक्छु। उनीहरू उनलाई गाजा पट्टीमा लैजाँदै थिए,’ उनले भनेकी छन् ।

सामाजिक सञ्जालमा एउटा भिडियो निकै शेयर भइरहेको छ जसमा केही व्यक्तिहरु एक महिलालाई सडकमा परेड गराइरहेको देखिन्छ । महिलाको अनुहार तलतिर देखिए पनि परिवारले उनको ट्याटुबाट शानी लुकेको पहिचान गरेको बताएको छ ।

इजरायल–प्यालेस्टाइनमा हालसम्म ९७० जनाको मृत्यु भइसकेको छ सङ्गीत महोत्सवमा सहभागी भएका धेरै व्यक्तिहरू अझै बेपत्ता छन् र उनीहरूमध्ये धेरैलाई बन्धक बनाएको विश्वास गरिन्छ। 

 हमासको आक्रमणमा इजरायलमा ६०० भन्दा बढीको मृत्यु भइसकेको छ भने २००० जनाको उपचार भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप