अष्ट्रेलियाविरुद्ध भारतको शानदार जित

चेन्नई । एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाविरुद्धको पहिलो खेलमा भारतले शानदार जित दर्ता गरेको छ । भारतले अस्ट्रेलियालाई ६ विकेटले पराजित गरेको हो ।
अस्ट्रेलियाले भारतलाई २ सय रनको लक्ष्य दिएको थियो । त्यसपछि भारतीय टोली ब्याटिङमा निस्कँदा शीर्ष क्रमले अपेक्षाअनुसारको प्रदर्शन गर्न सकेन । बिरामी शुभमन गिलको स्थानमा आएका ओपनर इशान किशनलाई मिचेल स्टार्कले पहिलो ओभरमै आउट गरेका थिए ।
अर्को ओभरमा जोस हेजलवुडले पहिले कप्तान रोहित शर्मा र त्यसपछि श्रेयस अय्यरलाई आउट गरे। यी तीन ब्याट्सम्यानले कुनै रन बनाउन सकेनन् ।
तर, यसपछि पिचमा आएका केएल राहुल र विराट कोहलीको जोडीले खेललाई नियन्त्रणमा लिए र दुवैले फेरि यो साझेदारीलाई १५० रनमा पुर्याए ।
विराट कोहली ८५ रन बनाएर आउट भए । त्यसपछि हार्दिक पाण्ड्या पिचमा आए र ११ रन बनाए । जहाँ केएल राहुलले ११५ बलमा अविजित ९७ रन जोडे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्लिस प्रिमियर लिग फुटबल : ‘डेब्यू’ खेलमा किन फरक जर्सी लगाएर मैदानमा ओर्लिए लेस्टर सिटीका १५ वर्षीय जेरेमी ?
-
आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि सरकारले माग्यो सुझाव
-
प्रहरी प्रमुख त युवासंघको सहअध्यक्ष पो रहेछ : अध्यक्ष लिङ्देन
-
उपयुक्त समयमा संविधान संशोधन हुन्छः प्रधानमन्त्री ओली
-
गोली हानेर हत्या गरेपछि फरार प्रतिवादी साधुको भेषमा भेटिए, १७ वर्षपछि पक्राउ
-
बालुवाटार घेरेर भातपानी बन्द गर्ने लिङ्देनको चेतावनी