इजरायल घटना
इजरायलमा अलपत्र परेका नेपालीको सहयोगका लागि सरकारले तोक्यो सम्पर्क व्यक्ति
आइतबार, २१ असोज २०८०, २० : २४
काठमाडौँ । सरकारले इजरायलमा अलपत्र परेका नेपालीको सहयोगका लागि सम्पर्क व्यक्ति तोकेको छ । परराष्ट्र मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै इजरायलमा अलपत्र परेका नेपालीहरुको आवश्यक जानकारी, सहयोग र सहजीकरणको लागि सम्पर्क व्यक्ति तोकेको हो ।
सरकारले परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्साल, सहसचिव शरदराज आरण, उपसचिव दुरपदा सापकोटा र शाखा अधिकृत कृष्ण सिलवाललाई सम्पर्क व्यक्ति तोकेको छ ।
यस्तै नेपाली राजदूतावास इजरायलका राजदूत कान्ता रिजाल र प्रथम सचिव अर्जुन घिमिरेलाई पनि सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भुवनसिंह गुरुङ विजयी
-
आजदेखि फेवा महोत्सव, होटलमा पाहुनालाई २० प्रतिशतसम्म छुट
-
यस्तो छ आज विदेशी मुद्राको दरभाउ, कसको मूल्य कति ?
-
वैशाख अन्तिममा जुम्ला-रारा अल्ट्रा म्याराथन
-
बालीनाली वन्यजन्तुको आहारा बन्न थालेपछि धान लगाउने खेतमा माछापालन
-
स्वास्थ्य स्वयंसेविकालाई साइकल उपहार