‘द नोटबुक’ ले पायो ‘डिप्लोमा’ पुरस्कार
काठमाडौँ । कलाकार सरिता साहको निर्देशनमा तयार पारिएको लघु चलचित्र ‘द नोटबुक’ ले ‘डिप्लोमा’ पुरस्कार प्राप्त गरेको छ ।
रसियामा आयोजित ‘१०औँ जिरो प्लस अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ मा सो चलचित्र छनौट भएको थियो । विश्वभरिका ४० वटा देशहरूबाट १६९ वटा चलचित्रहरुमध्ये ‘द नोटबुक’ ले सो सम्मान र पुरस्कार प्राप्त गरेको निर्देशक सरिता साहले बताइन् । सो कार्यक्रममा सरिता साह आफै सहभागी भएर पुरस्कार र सम्मान ग्रहण गरेकी हुन् ।
उनले तराई मधेसको ग्रामीण क्षेत्रमा चेलीबेटीलाई दिइने शिक्षाको बारेमा नौ मिनेटको चलचित्र निर्माण गरेकी थिइन् । त्यसमा सरिता साहले स्वयं पनि अभिनय गरेकी छिन् ।
‘१० औँ जिरो प्लस अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२३’ मा नेपालबाट सरिता साहद्वारा निर्देशित र अनिल कुर्मीद्वारा लिखित लघु चलचित्र ‘द नोटबुक’ पनि ‘शर्ट लाइभ एक्सन फिल्म्स श्रेणीमा प्रतिस्पर्धामा छनौट भएको थियो ।
२०७९ सालको वैशाख महिनामा निर्माण सम्पन्न भएको लघु चलचित्र ‘द नोटकबुक’ लाई रोयल नर्वेजियन एम्बेसीको आर्थिक सहयोगमा आसमान नेपालले निर्माण गरेको हो भने प्रस्तुति सरिता फाउण्डेशनको रहेको छ । यस चलचित्रको छायाँङ्न धनुषा जिल्लाको बटेश्वरमा गरिएको हो ।
चलचित्रमा प्रमुख भूमिकामा साधना आलोक रहेकी छिन् भने सुजिता साह, प्रदीप महतो, राम नरायण ठाकुर, राजेश सक्सेना, मञ्जु महतो, विनोद सिंह, नबिन महतो, राजु सिंह, नन्दिनी कुमारी पंडित, कविता महतो, अस्मिता कुमारी महतो, आदित्य मिश्रालगायतकाले अभिनय गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई
-
१२ बजे, १२ समाचार : चीनसँग ऋणसम्बन्धी सम्झौता नगर्ने प्रधानमन्त्री ओलीको बाचादेखि ११ महिनापछि बल्ल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसम्म
-
नेपालगञ्ज भन्सारमा ६ वर्षदेखि छैन स्क्यानर मेसिन, हातैले छामेर मालसामान जाँच
-
सार्वजनिक शिक्षा सुधार्न नेत्रको संघर्ष, सातै प्रदेशमा उभिएर प्रदर्शन गर्ने
-
प्रभु साहको प्रश्न : प्रधानमन्त्रीको चीन भ्रमण देशका लागि हो कि तीर्थयात्रा ?
-
धितोपत्रको अध्यक्षमा व्यावसायिक पृष्ठभूमिका श्रेष्ठको ‘इन्ट्री’