असोज २९ गतेदेखि सर्वसाधारणले नयाँ नोट साट्न सक्ने

काठमाडौँ । दसैँ–तिहार तथा छठ विशेष नयाँ सुकिला नोट आगामी २९ गते साट्न पाइने भएको छ । केन्द्रीय बैंकले आइतबार एक सूचना जारी गर्दै असोज २९ गतेदेखि नयाँ नोट सटही सुविधा प्रदान गर्ने जनाएको हो ।
उपत्यकाभित्र बैंकको केन्द्रीय कार्यालयसँगै शाखा कार्यालयसहित इजाजत प्राप्त बैंक तथा वित्तीयको सबै कार्यालयहरुबाट नयाँ नोट सटही गर्न सकिने बैंकले जनाएको छ । विगतका वर्षहरुमा जस्तै दसैँ तिहार र छठका लागि नयाँ नोट सटही सुविधा उपलब्ध गराएको जनाएको बैंकले प्रतिव्यक्ति १८ हजार ५० रुपैयाँसम्म सटही सुविधा उपलब्ध हुने जनाएको छ ।
बैंकका अनुसार रु.५, रु.१०, रु.२०, रु.५० र रु.१०० दरका एक एक बन्डल उपलब्ध हुनेछ । यस्तो नोट सटहीका लागि उपत्यका बाहिर राष्ट्र बैंकको शाखा तथा क्षेत्रीय कायालयसँगै अन्य बैंक तथा वित्तीय संस्थाहरुले तोकेको केन्द्रहरुमार्फत सटही सुविधा लिन सक्ने बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्जमा साँझदेखि कर्फ्यु लगाउने तयारी
-
बालाजुको औद्योगिक क्षेत्रमा आगलागी
-
प्रजा राज्यलक्ष्मी देवी सिंह : जो राष्ट्रिय पञ्चायतमा उपाध्यक्ष हुने प्रथम महिला बनिन्
-
वीरगञ्जमा हनुमान जयन्त्रीको शोभायात्रा निकाल्ने क्रममा दुई समुदायबिच झडप
-
बराबरीमा रोकिए झापा र पोखरा
-
वीरगञ्जमा झडपः पसल र मोटरसाइकलमा आगजनी, प्रहरीद्वारा अश्रुग्यास प्रहार