विद्यालय शिक्षा विधेयक विद्यार्थीको पक्षमा नरहेको नेविसंघको ठहर

काठमाडौं । विद्यालय शिक्षा विधेयकबारे नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आफ्नो धारणा सार्वजनिक गरेको छ। संसद्मा छलफलमा रहेको विधेयकबारे नेविसंघले विद्यार्थी केन्द्रित नभएकाले अपुरो रहेको ठहर गरेको हो।
काठमाडौँ आयोजित पत्रकार सम्मेलनमार्फत नेविसंघले प्रस्तावित विद्यालय शिक्षा विधेयक २०८० मा व्यवस्था भएका प्रावधानहरू विद्यार्थी केन्द्रीत नभएको हुनाले यो विधेयक अपूर्ण र अपुष्ट रहेको निष्कर्ष निकालेको हो ।
त्यस्तै सार्वजनिक शिक्षा मात्रै निःशुल्क र निजी लगानीमा संस्थापना भएका विद्यालयहरूले शुल्क लिन पाउने व्यवस्था नेपालको संविधान २०७२ को धारा ३१ सँग बाझिएको भन्दै त्यसैले विद्यालय शिक्षा पूर्णत निःशुल्क हुनुपर्ने निष्कर्ष समेत निकालेको छ।
प्रारम्भिक बालविकास केन्द्र विद्यालय शिक्षा अन्तरगत नै रहने गरी गुणस्तरीय एवं विश्वस्तरीय हुनुपर्ने र उक्त कार्यक्रम तिन वर्षे बनाउनुपर्ने समेत जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्डका नागरिक कैलालीमा मृत फेला
-
डोटीमा सिकार खेल्ने क्रममा गोली लाग्दा एक युवकको मृत्यु
-
सरकारले अस्पताललाई भुक्तानी दिन सकेन, स्वास्थ्य बिमा गर्नेलाई समस्या
-
अभियानको क्रममा कपिलवस्तुमा प्रचण्ड, बाणगंगामा मर्निङ वाक
-
अरु केही दिन मर्यादित भएर प्रदर्शनमा लागौं, हाम्रो विजय सुनिश्चित छ : अध्यक्ष सुवेदी
-
मकवानपुरगढीमा सवारी दुर्घटनाः दुई जनाको मृत्यु, १४ घाइते