संसद बैठक
विद्यालय शिक्षा विधेयकमाथि संशोधनको बाटो खुल्यो
आइतबार, २१ असोज २०८०, १६ : ४४

काठमाडौँ । सभामुख देवराज घिमिरेले राखेको विद्यालय शिक्षा विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । विधेयक स्वीकृत भएसँगै यो विधेयकमाथि संशोधनको बाटो खुलेको छ । प्रतिनिधिसभा नियमावली अनुसार ७२ घण्टाभित्र सो विधेयकमाथि सांसदहरुले संसदको विधेयक शखामा संशोधन दर्ता गर्न सक्नेछन् ।
सरकारले गत भदौ २७ गते प्रतिनिधि सभामा यो विधेयक दर्ता गरेको थियो । विधेयक दर्तापछि शिक्षकहरुले केही प्रावधानहरु संशोधन गर्न माग गर्दै विरोध प्रर्दशन गरेका थिए । सरकारले गत असोज ५ गते आन्दोलनरत शिक्षकसँग र असोज १२ गते राहत शिक्षकसँग सम्झौता गरेको थियो । सो सम्झौता अनुसार संसदीय प्रक्रियामार्फत बिधेयकमा परिमार्जन गरी कानुन बन्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राईले उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकहरूको आन्दोलन नरोकिए कक्षा १२ को परीक्षा रोकिने
-
२५ करोड प्रकरण : ट्रक चालक लामा पुर्पक्षका लागि कारागार चलान
-
कार्य सम्पादनलाई पारदर्शी बनाउन मन्त्री दाहालको निर्देशन
-
भीमा गुरुङ मृत्यु प्रकरण: एक वर्षपछि फैसला, १५ लाख क्षतिपूर्ति दिनुपर्ने
-
करिब २ सय ४४ किलोग्राम गाँजासहित बोलेरो चालक पक्राउ
-
फुटबल लिजेन्ड रोबर्टो कार्लोस एनएसएल क्वालिफायर खेलको विशेष अतिथि