इजिप्ट : प्रहरी अधिकारीले इजरायली पर्यटकमाथि गोली चलाए, दुईको मृत्यु
आइतबार, २१ असोज २०८०, १६ : ००

इजिप्टमा प्रहरी अधिकारीले इजरायली पर्यटकमाथि गोली चलाएका छन् । सार्वजनिक रिपोर्टका अनुसार अलेक्जेन्ड्रिया सहरमा दुई इजरायली पर्यटकको गोली हानी हत्या गरिएको छ ।
स्थानीय मिडिया रिपोर्ट अनुसार एक प्रहरी अधिकारीले इजिप्टको उत्तरी तटमा स्थित प्राचीन रोमन स्थलतिर गइरहेका इजरायली पर्यटकको एक समूहमा अन्धाधुन्ध गोली चलाएका छन् ।
गोलीबारीमा दुई इजरायली पर्यटक र इजिप्टका एक गाइड मारिएको सूचना छ । यस्तै केही पर्यटक घाइते छन् ।
घटनापछि प्रहरी अधिकारीलाई तुरुन्त पक्राउ गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सञ्चारकर्मी तथा गीतकार राधिकाको ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक
-
आईपीएलमा मुम्बई इन्डियन्सको चौथो हार, बैंग्लुरु तेस्रो स्थानमा यथावत
-
डढेलोले सखाप हुँदै जङ्गल
-
काठमाडौँमा शिक्षकको आन्दोलन, गोरखाका जनप्रतिनिधि सङ्घ सरकारसँग रिसाए
-
तीनकुनेको प्रदर्शनमा आगजनी र तोडफोड गरेको आरोपमा थप ६ जना पक्राउ
-
मौसम खराब भएपछि छेन्दुबाट पोखरामा हुने उडान रद्द