सचिन तेन्दुल्कर र डे भिलियर्सको कीर्तिमान तोडे डेभिड वार्नरले

काठमाडौँ । अस्ट्रेलियाका ओपनर ब्याट्सम्यान डेभिड वार्नरले आईसीसी एकदिवसीय विश्वकपमा सबैभन्दा कम खेल खेलेर एक हजार रन पुरा गर्ने कीर्तिमान बनाएका छन् । एकदिवसीय विश्वकपको आइतबार खेलिएको भारतविरुद्घको खेलका क्रममा ३६ वर्षीय वार्नरले यस्तो कीर्तिमान बनाएका हुन् ।
ओपनर ब्याट्सम्यान वार्नरले भारतका महान क्रिकेटर सचिन तेन्दुल्कर र दक्षिण अफ्रिकाका एबी डे भिलियर्सको नाममा संयुक्त रुपमा रहेको कीर्तिमान तोडेका हुन् । तेन्दुल्कर र डे भिलियर्सले विश्वकपमा २० पाली खेलेर एक हजार रन बनाएका थिए ।
वार्नरले भने विश्वकपमा १९ पाली खेलेर एक हजार रन पुरा गरेका हुन् । ओपनर ब्याट्सम्यान वार्नर अहिले पनि क्रिजमा छन् । भारतीय टोलीका कप्तान रोहित शर्माले यही खेलमा वार्नरको कीर्तिमान तोडने सम्भावना छ ।
रोहित शर्माले एकदिवसीय विश्वकपमा हालसम्म १७ पाली खेल्दै नौ सय ७८ रन बनाएका छन् । अस्ट्रेलियाविरुद्धको खेलमा उनले २२ रन बनाए भने वार्नरको कीर्तिमान पनि तोडिने छ । त्यसपछि शर्मा विश्वकपमा १८ पाली खेल्दै एक हजार रन बनाउने ब्याट्सम्यान बन्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बारीमा उम्रिएको च्याउ खाएर बिरामी भएकामध्ये एक जनाको मृत्यु
-
विदेशी मुद्रा आज कसको मूल्य कति ?
-
चियाको अध्ययन-अवलोकनका लागि चिनियाँ टोली नेपालमा
-
लाइसेन्स दिने भनिएपछि कर्मकाण्ड र ज्योतिष कक्षा लिनेको बढ्यो भीड, ६ महिनाको शुल्क १५ हजार
-
तान्त्रिकले ६ महिने शिशुलाई आगोमाथि उल्टो झुण्ड्याए, आँखा र अनुहार ‘ड्यामेज’
-
सुरक्षाको कारण देखाउँदै अमृत साइन्समा स्ववियु चुनाव स्थगित