पर्सामा ४४५ को आँखा परीक्षण गर्दा १५८ जनामा मोतियाबिन्दु

पर्सा । पर्सा जिल्लाको संखुवापर्सौनी गाँउपालिकाको वडा नं २ श्रीपुरमा ४४५ जनाको आँखा परिक्षण गर्दा १५८ जनामा मोतियाबिन्दुको समस्या देखिएको छ ।
नेपाल नेत्रज्योति संघ आर.एम केडिया आँखा अस्पतालको प्राविधिक र छिमेक लघुवित्त वित्तिय संस्था लिमिटेडको आर्थिक सहयोगमा संखुवापर्सौनी गाँउपालिकाको वडा नं २ श्रीपुरमा शनिबार एकदिने निशुल्क आँखा जाँच तथा शल्यक्रिया शिबिर आयोजना गरिएको थियो ।
मोतियाबिन्दु देखिएको सबै बिरामीहरुको नेपाल नेत्रज्योति संघ आर.एम केडिया आँखा अस्पतालमा निःशुल्य शल्यक्रि गरिने छ । आर्थिक अभावमा र पहुँचको अभावमा कोहि पनि नागरिक आँखा उपचार सेवाबाट बन्चित नहुन् भन्ने उद्देश्यले नेत्रज्योति संघले विभिन्न स्वदेशी तथा दातृ निकायहरुसंगको सहकार्यमा देशैभरी बार्षिक हजारौ निःशुल्क आँखा शिबिर संचालन गर्दै आइरहेको छ ।
छिमेक लघुवित्तले सामाजिक उत्तरदायित्व अन्तरगत नेत्रज्योतीलाई शिबिर संचालनका लागी आर्थिक सहयोग प्रदान गरेको हो । संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल, १५० भन्दा बढि आँखा उपचार केन्द्र तथा ४४ वटा जिल्ला शाखाहरु मार्फन नेपाली नागरिकहरुलाई सस्तो मूल्यमा गुणस्तरिय आँखा उपचार सेवा प्रवाह गरिरहेको छ ।
स्थापना देखि हालसम्म संघले आफ्ना अस्पताल, उपचार केन्द्र तथा विभिन्न बाह्य कार्यक्रमहरु मार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कुल ४ करोड २ लाख ८६ हजार ५ जना आँखाका बिरामीहरुलाई आँखा उपचार सेवा र ४८ लाख ६७ हजार ७७४ जनाको आँखाको शल्यक्रिया सेवा प्रदान गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा