‘महाजात्रा’को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री

काठमाडौंँ । केही हिट फिल्म दिएका मेकरले निर्माण गर्ने फिल्मले घोषणादेखि नै चर्चा र सफलता पाउने गरेको छ । यस्तै एक फिल्म हो ‘महाजात्रा’ । ‘जात्रा’,‘जात्रैजात्रा’ जस्ता हिट फिल्म दिएको षट्कोण आर्ट्सले निर्माण गर्न लागेको यो फिल्मको घोषणादेखि नै विदेश प्रदर्शन अधिकार बिक्री हुँदै आएको छ ।
निर्माताले गत महिना फिल्मको औपचारिक घोषणा गरेदेखि नै ‘महाजात्रा’ को अन्तर्राष्ट्रिय बिक्री हुन थालेको हो । निर्माताद्वय म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँले फिल्मको नयाँ पोस्टर सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय अधिकार ‘सोल्डआउट’ भएको जनाएको छ । पोष्टरमा विपिन कार्की, रविन्द्रसिंह र रविन्द्र झा देखिएका छन् । अष्ट्रेलियामा रहेको एमएसएम इन्टरटेनमेन्टले फिल्मको भारतबाहेक अन्य अन्तर्राष्ट्रिय बजारको राइट खरिद गरेको हो ।
‘हाम्रा लागि मात्र नभएर समग्र नेपाली फिल्मको अन्तर्राष्ट्रिय बजार विस्तार र विकासको दृष्टिकोणले यो महत्वपूर्ण कुरा हो,’ निर्माता बानियाँले भने, ‘सुटिङ नहुँदै अन्तर्राष्ट्रिय राइट बिक्री हुनुले हाम्रो फिल्म प्रति दर्शकको विश्वास दखिन्छ ।’ वितरण कम्पनी एमसएम इन्टरटेनमेन्टका छत्र थापाले ‘जात्रा’ शृंखलाप्रति दर्शकमा रहेको विश्वासका कारण आफुले अन्तराष्ट्रिय राइट किनेको बताए । ‘जात्राका दुवै शृंखलाले दर्शकको मन जितेका छन्’, थापाले भने–‘ यसकारण मैले फिल्म लेखनको चरणमा छँदै अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार खरिद गरेको हुँ,’ उनले भने ।
जापान, हङकङ, न्युजिल्याण्ड, दक्षिण कोरिया, मध्यपूर्व, अष्ट्रेलिया, युरोपमा फिल्म नेपाल प्रदर्शनकै मिति चैत ९ मा तय भएको जनाइएको छ । केही देशमा ‘महाजात्रा’ देखि नियमित शो सुरु हुने भएको छ । कार्यकारी निर्मातासमेत रहेका अभिनेता बानियाँले ‘जात्रा’ शृंखलाको सफलता र दर्शकको प्रतीक्षाले नै फिल्म निर्माण हुन लागेको बताए । दर्शक र समीक्षकको प्रतिक्रियाले यो फिल्म ल्याउन आफूलाई हौसाएको उनले बताए ।
निर्देशक प्रदीप भट्टराईले जीवन समृद्ध तुल्याउने सपना र त्यसको व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई फिल्ममा रोचक रुपले प्रस्तुत गरिने बताए । ‘महाजात्रा’ लाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले निर्माण गर्नेछन् । प्रोडक्सन म्यानेजरमा रूपक प्रताप अधिकारी छन् । दशैंलगत्तै फिल्म छायांकन सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टुटफुटको अवस्थामा रहेका राजावादीहरु आवश्यक पर्दा एकजुट हुन्छन् : नवराज सुवेदी
-
बलात्कारको आरोप लगाएकी प्रेमिकासँग युवकले गरे जेलमै विवाह
-
भोलिदेखि विद्यालय सञ्चालन गर्न ललितपुर महानगरको आग्रह
-
राष्ट्रिय उसु निर्णायक र डिप्लोमा कोर्ष सम्पन्न
-
फ्रान्सको मस्जिदमा संघातिक हमलाका सन्दिग्ध इटलीमा पक्राउ
-
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट