दुर्घटना रोक्न सडक सुरक्षामा सरकारले ध्यान दिनुपर्यो : सांसद तामाङ

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का सांसद हितबहादुर तामाङले चाडपर्वको बेलामा हुने सडक दुर्घटना रोक्न प्रभावकारी रुपमा सडक सुरक्षाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद तामाङले नजिकिँदै गरेको चाडपर्वहरु दसैँ र तिहारमा गाउँ आवतजावत गर्दा दुर्घटना हुने गरेको भन्दै सडक सुरक्षाको लागि सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सांसद तामाङले यात्रुहरुले सवारी साधनको अभाव, महँगीको समस्या र टिकट उपलब्धताको समेत समस्या भोग्नुपरेको भन्दै यसप्रति पनि सरकारको ध्यानाकर्षण गराए । उनले काठमाडौँ उपत्यकामा हुने चोरी र लुटपाटको पनि नियन्त्रण गर्न सरकारलाई अनुरोध गरे ।
सांसद तामाङले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता भड्काउने गतिविधिहरुलाई बेलैमा नियन्त्रण गर्नुपर्ने बताए । सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्नको निमित्त संसदमा रहेका सबै राजनीतिक दलहरुको तर्फबाट संयुक्त रुपमा पहल गर्नुपर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झण्डै तीन दशक अघिको खानेपानी आयोजना अझै पूरा भएन
-
ज्ञानेन्द्र शाहीको आरोप : प्रधानमन्त्री ओलीको निर्देशनमा आदित्यनाथको फोटो राख्न लगाइयो
-
‘झुम्सा खानेपानी आयोजना चाँडो सम्पन्न गर्नुको विकल्प छैन’
-
पानीको मुद्दालाई राजनीतिकरण गरियो
-
राष्ट्रिय सरोकार समितिको बैठक बस्दै
-
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै