हुम्लामा बोलेरो जीप दुर्घटना हुँदा नौ जना घाइते
आइतबार, २१ असोज २०८०, १४ : ३८

हुम्ला । हुम्लामा बोलेरो जीप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् ।
आइतबार बिहान ११ बजे सदरमुकामबाट सिमकोट गाउँपालिका– २ ठेहे जाँदै गरेको बा२१च ७३५३ नम्बरको बोलेरो जीप सिमकोट गाउँपालिकास्थित मानसरोवर विद्यालयनजिकै दुर्घटनामा परेको हो ।
दुर्घटनामा सिमकोट गाउँपालिका– २ का वडाध्यक्ष देवजग बोहोरा र वडा नम्बर ३ का वडाध्यक्ष पामा लामासहित नौजना घाइते भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।
प्रहरीका अनुसार घाइतेको जिल्ला अस्पतालमा उपचार नभएपछि जिल्लाबाहिर लैजानका लागि हेलिकोप्टरको तयारी भइरहेको छ ।
जीप सडकभन्दा दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा