इजरायल–हमास सङ्घर्ष बीच हिजबुल्लाहले के भने ?
आइतबार, २१ असोज २०८०, १४ : २९

लेबनानमा भएको सङ्गठन हिजबुल्लाहले इजरायलको माउन्ड डोभमा भएको हमलाको जिम्मेवारी लिएको छ । माउन्ट डोभ इजरायल, लेबनान र सिरियाबिच विवादित क्षेत्र हो ।
इरान समर्थित चरमपन्थी सङ्गठन हिजबुल्लाहले यो हमला ‘प्यालेस्टिनीको प्रतिरोधको समर्थन’ मा गरेको बताएको छ । हिजबुल्लाहको यो हमलामा इजरायलको सेनाले जवाफ दिएको छ ।
इजरायलले जबालरस इलाकामा हिजबुल्लाहको शिविरमा ड्रोन हमला गरेको छ । यसअघि इजरायलले लेबनानी इलाकामा मोर्टारमार्फत् हमला गरेको छ ।
सन् २००६ मा यो इलाकामा हिजबुल्लाह र इजरायलबिच सङ्घर्ष चलेको थियो ।
तर त्यसपछि यहाँ शान्ति थियो । तर हिजबुल्लाहको हमला र त्यसपछि इजरायलको जवाफी कारवाहीले यहाँ तनाव पुनः बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालीनाली वन्यजन्तुको आहारा बन्न थालेपछि धान लगाउने खेतमा माछापालन
-
स्वास्थ्य स्वयंसेविकालाई साइकल उपहार
-
प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको आधिकारिक जानकारी
-
धोनीले कप्तानी सम्हालेकै खेलमा चेन्नई ध्वस्त, कोलकातासँग ८ विकेटको हार
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईं र बडिगार्ड दीपक खड्कालाई थुनामा राख्न १२ दिनको अनुमतिदेखि बिनासर्त तत्काल रिहा गर्न मागसम्म
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?