सरकारको नीतिका कारण व्यवसायीमा आतंक सिर्जना भयो : सांसद घिमिरे

काठमाडौँ । नेपाली कांग्रेसका सांसद श्याम घिमिरेले सरकारको नीतिका कारण व्यवसायीमा आतंक सिर्जना भएको बताएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद घिमिरेले सरकारले सेवा क्षेत्रको सम्भावनाहरुमा डर, त्रास देखाएको बताएका हुन् । उनले सेवा क्षेत्रमा सरकारले ढुलमुले नीति र निषेधको नीति अवलम्बन गरेका कारण व्यवसायीहरुमा आतंक सिर्जना भएको बताए ।
सांसद घिमिरेले निजी र सरकारी क्षेत्रको बिचमा पर्खाल खडा गरेर निजी क्षेत्रलाई निषेध गर्ने कोसिस गरिएको बताए । उनले हरेक ठाउँमा सरकारी सिन्डिकेट लागू गरिएको बताए । उनले सरकारी नीतिले निजी क्षेत्रलाई खेद्ने काम गरेको बताए ।
सांसद घिमिरेले देशको आर्थिक विकासका लागि निजी क्षेत्र प्रवेश गर्न नचाहने स्थानमा मात्र सरकारी क्षेत्रलाई प्रवेश गराउनुपर्ने बताए । उनले कुशासन र भ्रष्टाचारको समूल नष्ट गर्नुपर्ने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको असंसदीय भाषा रेकर्डबाट हटाउन राप्रपाको माग
-
थाइल्यान्डमा यस्तो छ प्रधानमन्त्री ओलीको कार्यक्रम
-
ट्रम्पले भने, ‘नयाँ कर सबै देशहरूमा लागू हुनेछ’, एसियाली सेयर बजारमा गिरावट
-
न्यून भिजिबिलिटीले कम्तीमा आधा दर्जन विमान डाइभर्ट
-
सञ्चारमाध्यम र सञ्चारकर्मीलाई निसाना बनाएको विषयमा सरकारले दोषीलाई कारवाही गर्छ : गृहमन्त्री लेखक
-
यस्तो छ ‘खेल’को ट्रेलर