हवाई भाडा घटाउन सांसद बरालको सरकारलाई ध्यानाकर्षण
काठमाडौँ । नेकपा एमालेकी सांसद सुनिता बरालले पर्यटक बढाउन हवाई भाडा घटाउन सरकारको ध्यानकर्षण गराएकी छिन् । आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले पर्यटन बढाउन हवाई भाडा घटाउन तथा पोखरा जाने सडक सुधार गर्न आग्रह गरेकी छिन् ।
उनले भनिन– ‘मनसुन बाहिरिएसँगै पर्यटकीय मौसम सुरु भएको छ, नेपालीहरुका लागि चाडपर्वको मौसम भित्रिएको छ । पर्यटक क्षेत्रमा आउने पर्यटकहरु ७० प्रतिशत भन्दा बढी पोखरालाई पहिलो गन्तब्य बनाएर आउने गर्छन तर ४ घण्टाका लागि अनुमानित गरेर थालिएको यात्रा करिब नौ–दश घण्टा लाग्ने अवस्था छ । यस्तै खालका सडकका समस्याहरु अन्य ठाउँमा पनि छन् ।’
उनले हवाई भाडा घटाउन र दशै तिहारका लागि सुरक्षित गन्तब्यका लागि सडक सुधारका लागि आग्रह गरेकी छिन् । सांसद बरालले भनिन– ‘आज पर्यटन क्षेत्रमा सरकारले १३ प्रतिशत भन्दा बढी हवाई टिकटमा बृद्धि गरेको छ । हवाई टिकटमा गरिएको मूल्यवृद्धिलाई तुरुन्तै फिर्ता लिनुपर्छ र पर्यटनलाई समृद्धिको आधार निर्माण गर्ने कुरालाई थप सचेत हुनुपर्छ । साथै सहज ढंगले चाडपर्व मनाउनका लागि सबै सडक सञ्जालहरुलाई सुरक्षित बनाउने र यातायातका साधनहरु प्रयोग गर्दाहरु सचेतता अपनाउनका लागि सम्बन्धित सबै पक्षलाई निर्देशन दिइयोस् भन्ने ध्यानाकर्षण गराउँछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सञ्जालबाट यौन दुर्व्यवहार गर्ने इन्ड्राइभ राइडर पक्राउ
-
बैतडीमा आगलागीबाट सात लाख बढीको क्षति
-
कञ्चनपुरमा प्रहरी जवानले आफैँलाई गोली हाने, अवस्था गम्भीर
-
सन्दीपको हर्नियाको शल्यक्रिया गरियो
-
मन्त्री यादव र एडीबीका नेपाल प्रतिनिधिबिच छलफल
-
१० बजे १० समाचार : ‘होल्ड’ मा परे वामदेव र पासाङ, रविलाई राहत