प्रभाव पार्न सक्ने खेलाडी – विराट कोहली (भारत)

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपमा आइतबार भारत र अस्ट्रेलियाबिच खेल हुँदैछ । उक्त खेलमा भारतले सबैभन्दा बढी आशा गरेका खेलाडी हुन्, विराट कोहली । उनी भारतीय टोलीका अनुभवी र प्रभावशाली ब्याट्सम्यान पनि हुन् ।
३५औँ वर्ष प्रवेशको सङ्घारमा रहेका यी दायाँहाते ब्याट्सम्यानले भारतलाई थुप्रै अन्तर्राष्ट्रिय सफलतामा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएका छन् । भारतले सन् २०११ मा घरेलु मैदानमा एकदिवसीय विश्वकपको उपाधि चुम्दा पनि कोहलीको प्रदर्शन उत्कृष्ट थियो । त्यो विश्वकपमा उनले बंगलादेशविरुद्ध शतक र वेस्ट इन्डिजविरुद्ध अर्धशतक बनाएका थिए ।
खासगरी अस्ट्रेलियाविरुद्धको एकदिवसीय खेलमा कोहलीको प्रदर्शन अब्बल रहँदै आएको छ । उनी अस्ट्रेलियाविरुद्ध एकदिवसीय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा तेस्रो स्थानमा छन् । उनले एकदिवसीय क्रिकेटमा अस्ट्रेलियाविरुद्ध ४७ खेल खेल्दै दुई हजार दुई सय २८ रन बनाएका छन् ।
कोहलीले हालसम्म भारतका लागि दुई सय ८१ वटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । उनले ५७.३८ को औसतले कुल १३ हजार ८३ रन बनाइसकेका छन् । एकदिवसीय क्रिकेटमा उनले ४७ शतक र ६६ अर्धशतक बनाइसकेका छन् ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक शतक प्रहार गर्ने खेलाडीको कीर्तिमानभन्दा उनी केवल दुई शतकले पछाडि छन् । यो विश्वकपमा थप दुई शतक प्रहार गरेमा उनले आफ्नै राष्ट्रका महान् क्रिकेटर सचिन तेन्दुल्करको कीर्तिमानसँग बराबरी गर्नेछन् ।
एकदिवसीय क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन एक सय ८३ रन हो । उनले सन् २००८ को अगस्त १८ मा श्रीलङ्काविरुद्ध खेल्दै एकदिवसीय क्रिकेटमा ‘डेब्यू’ गरेका थिए । कोहलीले देशका लागि एक सय ११ टेस्ट पनि खेलेका छन् ।
कोहलीले टेस्ट क्रिकेटमा ४९.२९ को औसतले आठ हजार ६ सय ७६ रन बनाएका छन् । टेस्ट क्रिकेटमा उनले २९ शतक र २९ वटा अर्धशतक प्रहार गरेका छन् । टेस्ट क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन भने अविजित दुई सय ५४ रन हो ।
यसका अतिरिक्त उनले भारतका लागि एक सय १५ वटा टी—२० अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खेलेका छन् । टी—२० अन्तर्राष्ट्रियमा उनले ५२.७३ को औसतले कुल चार हजार आठ रन बनाएका छन् । उनले एक शतक र ३७ वटा अर्धशतक प्रहार गरेका छन् । टी—२० अन्तर्राष्ट्रियमा उनको उच्च स्कोर अविजित एक सय २२ रन हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक र सरकारबिच सहमतिका आधार खोज्न ५ बजे छलफल
-
अर्थमन्त्रीप्रति सांसदहरुको गुनासो : हामीले मन्त्रीको ‘डाइलग’ सुन्न पर्ने हाम्रो प्रश्न नसुन्ने
-
चालु खर्च ५८ प्रतिशत हुँदा पुँजीगत खर्च २८ प्रतिशत मात्रै
-
स्थिरता र स्थायित्वका लागि यो सरकार बनेको हो : प्रधानमन्त्री
-
नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा
-
अर्थतन्त्र सुधारका प्रयासहरू सकारात्मक छन्, तर यतिले मात्रै पुग्दैन : अध्यक्ष ढकाल