इजरायलमा भएको हमलामा ९ जना नेपाली घाइते, दुई गम्भीर : सरकार
_NvWBMK6hlZ.jpg)
काठमाडौँ । इजरायलमा शनिबार बिहान भएको हमास विद्रोहीहरुको हमलामा परेर ९ जना नेपाली घाइते भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । घाइते मध्ये दुईजनाको अवस्था गम्भीर रहेको मन्त्रालयले जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार १४ जना नेपाली कार्यरत एक कृषि फार्ममा आक्रमण हुँदा यो घटना भएको थियो । आक्रमण भएको क्षेत्रमा रहेका नेपालीसँग इजरायलस्थित नेपाली दूतावास सम्पर्कमा रहेको र इजरायली अधिकारीहरूसँगको सम्पर्क र सहकार्यमा नेपालीहरूको सुरक्षा, उद्धार र घाइतेहरूको उपचार भइरहेको मन्त्रालयको भनाई छ ।
पछिल्लो अवस्थालाई मध्यनजर गर्दै सरकारले इजरायलमा रहेका नेपाली नागरिकहरूलाई चनाखो रहन र अधिकारीहरूले सुझाएको सुरक्षाका उपायहरू अवलम्बन गर्न अनुरोध गरेको छ ।
सरकारले इजरायलमा भएको आतङ्कवादी हमलाको भर्त्सना गर्दै इजरायलको सरकारप्रति ऐक्यबद्धता समेत जनाएको छ । सरकारले घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीर्ष स्वास्थ्य लाभको कामना गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर–पिपलको छायामा बसेर...
-
शिक्षक आन्दोलनमा शिक्षकहरूबिच कुटाकुट, एकजना घाइते
-
दुःखको घडीमा भारत सरकार र भारतीय जनताको पक्षमा नेपाल उभिएको छ : परराष्ट्रमन्त्री
-
सरकारलाई असफल बनाएर पठाउने छुट कसैलाई छैन : साउद
-
साँफेहाटबजार आगलागीबाट प्रभावितलाई प्रदेश सरकारद्वारा १० लाख सहयोग घोषणा
-
अछाम साँफेबगर हाटबजारमा आगलागी, ३ करोडभन्दा बढीको क्षति