समाचार
इजरालयमा आक्रमण : परराष्ट्र मन्त्रालयमा आपत्कालीन बैठक
शनिबार, २० असोज २०८०, २० : १४
_NvWBMK6hlZ.jpg)
काठमाडौँ। इजरायलमा शनिबार भएको आक्रमणमा नेपाली नागरिक पनि घाइते भएको समाचार आएसँगै परराष्ट्र मन्त्रालयमा आपत्कालीन बैठक जारी रहेको छ । पछिल्लो पाँच घण्टादेखि परराष्ट्रमन्त्री एनपी साउदसहित अधिकारीहरू छलफलमा रहेको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकपछि मन्त्रालयले घटनाबारे आधिकारिक प्रेस नोट जारी गर्ने तयारी गरेको छ । उता, तेल अभिभस्थित नेपाली दूतावासले आजको आक्रमणमा नेपालीहरूको पीडित बनेको र यसबारे यकिन तथ्याङ्क सङ्कलन गर्ने तथा उद्धार गर्ने काम भइरहेको बताएको छ । इजरायलमा धेरै नेपालीहरु काम तथा अध्ययनको शिलिशलामा पुगेका छन् ।
यता समाचार एजेन्सी एएनआईले भने राजदूत कान्ता रिजाललाई उद्धृत गर्दै हर्जलियामा अध्ययनरत सात नेपाली घाइते भएको उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगानीमैत्री वातावरण र उत्पादनमुखी नीतिलाई प्राथमिकतामा राख्न नेपाली कांग्रेसलाई चेम्बरको सुझाव
-
चिकित्सा शिक्षा आयोगको बैठक : निर्णय भएकै मितिदेखि निजी मेडिकल कलेजले निर्वाहभत्ता दिने
-
राजेन्द्र लिङ्देन नेतृत्वको उपसमितिले बुझायो पोखरा विमानस्थल अध्ययन प्रतिवेदन
-
पर्सामा इँटा भट्टाले खनेको खाल्डोमा डुबेर दुई बालिकाको मृत्यु
-
भारतमा चोरी गरेकाे आरोपमा दुई नेपाली पक्राउ
-
उपचार गर्न रिहा भएका धवलशमशेर राजावादी आन्दोलनमा सहभागी, तस्बिरहरू