खेलकुद विश्वविद्यालय स्थापनाका लागि सरकारसँग छलफल गर्नेछु : माधवकुमार नेपाल

काठमाडौँ । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले खेलकुद विश्वविद्यालय स्थापनाका लागि आफूले सरकारसँग छलफल गर्ने बताएका छन् । पार्टी निकट नेपाल खुलकुद महासंघ समाजवादीले शनिवार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले साे कुरा बताएका हुन् ।
नेपालले खेलकुद क्षेत्र मुलुकको इज्जत, मान र प्रतिष्ठानसँग जोडिएकाले त्यसको विकासका लागि आफ्नो पार्टीले सक्दो सहयोग गर्ने बताए । उनले खेल क्षेत्रको विकासका लागि विशेष ध्यान दिन स्थानीय सरकारहरुलाई पनि आग्रह गरे । तलैदेखि खेलकुद क्षेत्रको विकासमा ध्यान दिन सके खेलाडीहरुको टिम राम्रो बन्ने अध्यक्ष नेपालको भनाई थियो । उनले खेलाडीहरुलाई हौसला प्रदान गर्ने, उनीहरुलाई प्रोत्साहित गर्न पनि सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताए ।
अध्यक्ष नेपालले भने– ‘खेललाई अगाडि बढाउने सन्दर्भमा ७५३ वटा पालिकाहरुले, सबै पालिकाहरुले विशेष ध्यान दिनुपर्ने आवश्यक्ता छ । यसलाई प्रोत्साहन दिनुपर्ने आवश्यक्ता छ । अनि वडा वडाका स्कुलमा खेलाडीहरुलाई विद्यालय तहको खेललाई अगाडि बढाउनका लागि सहयोग गर्नुपर्छ । हौसला दिनुपर्छ, प्रोत्साहित गर्नुपर्छ । यसरी मात्रै हामीले राम्रो खेलाडीको टिम बनाउन सक्छौं । तपाईहरुले उठाउनुभएको छ विश्वविद्यालयको स्थापना । छुट्टै हस्पिटलको व्यवस्था । यी सबै खेलाडीहरुको हकहितका लागि हो । त्यसमा सरकारसँग छलफल गरौँला ।’
कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले खेलकुद क्षेत्रको पूर्वाधार विकासमा सक्दो सहयोग गर्ने आश्वासन दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ