लिङ्देनको प्रस्ताव : देशबाट भाग्नुपर्ने स्थिति आउनुभन्दा अगाडि नै नयाँ सम्झौता गरौँ

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले संघीयता देशको लागि आवश्यक नभएको बताएका छन् । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै लिङ्देनले संघीयतालाई अब घिसारेर लैजान नसकिने भन्दै रक्तपात बिना र दबाब बिना सल्लाह गरेर राजतन्त्र पुनःस्थापना गर्न राजनीतिक दलहरुसँग आग्रह गरेका हुन् ।
उनले नयाँ सहमति नगरे र दलहरू नसच्चिए अब जनदबाबको आँधीबेहरीको तयारी गर्ने दायित्व राप्रपाको भएको बताए । उनले राजनीतिक दलका नेताहरूलाई देशबाट भाग्नुपर्ने स्थिति आउनुभन्दा अगाडि सच्चिन चेतावनी दिए ।
लिङ्देनले भने, ‘यो अभ्यासको डेढ दशक भन्दा बेसी समयले बतायो, संघीयता देशको लागि आवश्यक चिज होइन । अब यही चिजलाई घिसारेर लैजान सकिँदैन भन्ने कुरा तपाईँहरूलाई पनि थाहा छ । त्यसकारण रक्तपात बिना, दबाब बिना, तपाईँहरूले भाग्नुपर्ने परिस्थिति नआईकनै सल्लाह गरेर मिलाऊँ । र बाटो फेरौँ । र नयाँ सहमति बनाऔँ । आज पनि भन्न चाहन्छु, यदि यो दलहरूमा अलिकति मात्रै पनि बुद्धि बाँकी छ, देशप्रति प्रेम अलिकति मात्रै पनि छ भने अब नयाँ सम्झौतामा जानुपर्छ । नयाँ व्यवस्थामा जानुपर्छ । देशलाई दुर्घटनामा जान दिनु हुँदैन ।’
उनले थपे, ’होइन, दलहरू सच्चिँदैनन् र उनीहरू नयाँ सम्झौताको लागि तयार हुँदैनन् भने अब जनदबाबको आँधीबेहरीको तयारी गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीको हुन्छ, तपाई हाम्रो हुन्छ । देशको यो अवस्थामा हामी मुकदर्शक भएर बस्न सक्दैनौँ । राप्रपा अब यो देशको नागरिकको सुरक्षाका लागि देशको पहिचानको रक्षाका लागि सर्वाङ्गिण रुपमा भन्ने हो भने निजी क्षेत्रको सुरक्षाको लागि, देशको अर्थतन्त्र सुधारमा होस्, वा हाम्रो जीवनकालमै दशमै गरिखाने वातावरण बनाउन होस् । अब हामी अघि बढ्छौँ । राप्रपा पार्टीले अब नेतृत्व गर्छ । त्यसका लागि सबै साथी तयार र सक्रिय हुन आग्रह गर्छु । संगठन बनाउँदै जाने र दसैँ तिहार सकिएपछि आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने गरी अघि बढ्छौँ । चुप लागेर बस्ने छुट र सुविधा छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायती सभामुख र नेपाली राजदूतबीच शिष्टाचार भेटवार्ता
-
मोबाइल फुटाइदिएपछि छोरीले दिइन् यस्तो बयान, पिता ७ महिना जेलमा बसे
-
कैलाली बहुमुखी क्याम्पसको स्ववियुमा नेविसंघको पुनरागमन, सन्तोष पन्त बने सभापति
-
दरबारिया र राजतन्त्रका मतियारहरूलाई सडकमै पछार्नु पर्छ: उपप्रधानमन्त्री पौडेल
-
शिक्षक र शिक्षा मन्त्रालयबिच आज पनि छलफल हुँदै
-
पूर्वराजालाई समितिमा बोलाउन कांग्रेस सांसदको प्रस्ताव