गण्डकी प्रदेश : चारवटै संसदीय समितिमा सर्वसम्मत नेतृत्व चयन

पोखरा । गण्डकी प्रदेशसभाका चारवटै संसदीय समिति पूर्ण भएका छन् । शनिबार चारवटै समितिमा सभापति चयन भएका हुन् ।
तीनवटा समितिमा सत्तापक्षका सभापति छन् भने एउटामा प्रतिपक्षी सांसद सर्वसम्मत चयन भएका छन् । सहमतिका आधारमा समितिको सभापतिको टुंगो लगाइएको हो । कांग्रेसले अर्थ तथा विकास समिति र प्रदेश मामिला तथा कानुन समितिको सभापति पाएको छ । माओवादीले सामाजिक विकास तथा कृषि र एमालेले सार्वजनिक लेखा समितिको सभापति पाएको छ ।
अर्थमा स्याङ्जाका भोजराज अर्याल, प्रदेश मामिलामा बागलुङकी चम्पा खड्का, सामाजिक विकासमा गोरखाका फडिन्द्र देवकोटा र सार्वजनिक लेखामा स्याङ्जाकै सुधीर पौडेल निर्विरोध निर्वाचित भएका हुन् । सबै समितिको सभापतिमा एक/एक जनाको मात्रै मनोनयन दर्ता भएको संसद् सचिवालयले जनाएको छ । उनीहरू निर्वाचित भएको घोषणा आइतबार बिहान ८ बजे हुनेछ । त्यसपछि शपथ लिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नङको रङ र रोगको संकेत
-
यी ५ तरकारीले युरिक एसिड द्रुत गतिमा बढाउँछ
-
नेपाल स्टक एक्सचेन्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान
-
जेलेन्स्कीले भने, ‘शान्ति वा नेटोको सदस्यता पाए म पद त्याग्न तयार छु’
-
राम्रो निद्राका लागि ३ योगासन
-
माओवादीको हुलाकी मार्ग केन्द्रित तराई–मधेस जागरण अभियान किन ?