सल्यानमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, १७ घाइते
शनिबार, २० असोज २०८०, १७ : ४३

सुर्खेत। सल्यानमा यात्रुबाहक बस दुर्घटनामा हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–६ बस्ने वर्ष ३१ की सुमित्रा सुनार र सल्यान त्रिवेणी गाउँपालिका–६ बस्ने वर्ष ४० अनिता बोहरा रहेका छन् ।
दुर्घटनामा १७ जना घाइते भएका छन् । शनिबार दाङ तुलसिपुरबाट सल्यानको छत्रेश्वरी गाउँपालिका आउँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस कपुरकोट गाउँपालिकास्थित मुलपानी वनस्पति कार्यालय नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल तुलसीपुर दाङ पठाइएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स लिगमा पीएसजीको महत्वपूर्ण जित, अर्को भिडन्त भिल्ला पार्कमा
-
च्याम्पियन्स लिगमा बार्सिलोनाको शानदार जित, राफिन्हाले मेस्सीको रेकर्ड तोडे
-
दिल्लीलाई उछिन्दै गुजरात आईपीएलको शीर्ष स्थानमा
-
गाउँमा अझै बालविवाह, निस्दीमा सचेतनामूलक कार्यक्रम
-
लहानमा राजमार्गका होटल अनुगमन
-
काठमाडौंमा बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय बैठक सम्पन्न