शिक्षक आन्दोलनका क्रममा छुटेको पढाइ शनिबार पूरा गर्दै
शनिबार, २० असोज २०८०, १६ : ३५

काठमाडौँ । शिक्षक आन्दोलनका क्रममा छुटेको पढाइ बिदाको दिन पढाउन थालिएको छ। काठमाडौँको पद्माेदय मावि र पद्मकन्या माविले आज शनिबारकाे दिन पढाएका हुन् ।
असाेज २ गतेदेखि शिक्षक कर्मचारीहरूले काठमाडौँ केन्द्रित आन्दोलन थालेका थिए। सोही क्रममा केही दिन पठनपाठन बन्द गरिएको थियो। त्यो बेला बन्द गरिएको पढाए शनिबारकाे दिन मिलाइएको पद्माेदय माविका प्रधानाध्यापक नारायण प्रसाद गौतमले जानकारी दिए।
‘आन्दोलनकै क्रममा छुटेको पढाइ पछि गर्छौ भनेका थियौँ त्यही आधारमा आज विद्यालय सञ्चालन गरेर छुटेको पढाइ अघि बढाएका हाैँ,’ प्रधानाध्यापक गौतमले भने।
यस्तै आज शनिबारकै दिन पद्मकन्या माविले समेत विद्यालय सञ्चालन गरेको हो। अन्य विद्यालयहरूले समेत आन्दोलनका क्रममा जति दिन विद्यालय बन्द भएको त्यति दिन अतिरिक्त कक्षा सञ्चालन गर्न थालेका हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कमाण्ड तथा स्टाफ तालिमको शुभारम्भ, ९२ जना अधिकृत सहभागी
-
थुनामा रहेका भुटानी शरणार्थीलाई देश निकाला नगरी वैशाख ११ गते इजलासमा पेस गर्नू : सर्वोच्च अदालत
-
दुई वर्षका लागि सम्झौता नविकरण गरे लिभरपुलका कप्तानले
-
काठमाडौँ विश्वविद्यालयसँग सहमतिपछि अखिल क्रान्तिकारीको आन्दोलन फिर्ता
-
रामबहादुर बमजनले पाए सफाइ
-
श्रीमानकै योजनामा चुनुकुमारीको हत्या, धरानको जंगलमा भेटिएको थियो शव