एसियाली खेलकुद : खेल रद्द भएपछि क्रिकेटमा भारतलाई स्वर्ण
शनिबार, २० असोज २०८०, १६ : २२

हाङ्जाओ । चीनको हाङ्जाओमा जारी एसियाली खेलकुदको क्रिकेट फाइनल खेल वर्षाका कारण रद्द भएको छ । खेल सम्पन्न हुन नसके पनि राम्रो वरियता र प्रदर्शनका कारण भारतीय टिमलाई स्वर्ण पदक दिने घोषणा गरिएको हो ।
क्रिकेटको यो फाइनल खेल भारत र अफगानिस्तानबीच भएको थियो । पहिले ब्याटिङ गरेको अफगानिस्तानले १८.२ ओभरमा ११२ रन बनाएको थियो । त्यसपछि वर्षाका कारण खेल रोक्नुपरेको थियो ।
भारतीय महिला क्रिकेट टोलीले यसअघि एसियाली खेलकुदमा पनि स्वर्ण पदक जितेको थियो । भारतले अहिलेसम्म २६ स्वर्ण जितेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गेशको आक्रोश : बधाई, मेरो कार्यक्रम रोक्न सफल हुनु भयो !
-
अहिलेको सरकार जति टिक्छ, उति माओवादीलाई फाइदा हुन्छः प्रचण्ड
-
स्ववियु निर्वाचनः फागुन २७ गते मनोनयन दर्ता
-
टिकाथलीमा बोरिङ गर्दा प्रज्वलनशील ग्यास निस्कियो
-
मेरिटोक्रेसी मिचेर दोस्रो वरीयतामा रहेकालाई सहायक क्याम्पस प्रमुख नियुक्त गरेपछि असन्तुष्टि
-
शानदार जितसँगै दोस्रो स्थानमा उक्लियो गुजरात