विश्व लगानीकर्ता सप्ताहको अवसरमा धितोपत्र बोर्डको प्रभातफेरी
शनिबार, २० असोज २०८०, १२ : १०
काठमाडौँ । धितोपत्र बोर्डले विश्व लगानी कर्ता सप्ताहको अवसरमा प्रभातफेरी गरेको छ । शनिवार काठमाडौँमा बोर्डले विश्व लगानी कर्ता सप्ताहको अवसरमा प्रभातफेरी गरेको हो ।
विश्व लगानी कर्ता सप्ताहको छैटौँ दिनमा आयोजित प्रभातफेरी कार्यक्रमको धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले शुभारम्भ गरे भृकुटीमण्डपबाट आयोजना भएको प्रभातफेरी कार्यक्रम शहीदगेट हुँदै न्युरोड—वसन्तपुर पुगेर समाप्त भएको छ ।
लगानीकर्ताको लचकता, वित्तीय औजार, दिगो वित्त र लगानीको आधार भन्ने नाराहित यस पटक विश्व लगानी कर्ता सप्ताह मनाइँदै छ । बोर्डले सो अवसरमा देशभर नै सचेतनामूलक कार्यक्रम र प्रशिक्षण कार्यक्रमको आयोजना गर्दै आएको छ ।