बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

माधव नारायणको आठौँ नगरसभाद्वारा ५३ करोड बजेट विनियोजन

शनिबार, २० असोज २०८०, १० : ०२
शनिबार, २० असोज २०८०

रौतहट । रौतहट स्थित माधवनारायण नगरपालिकाको नगर आठौँ अधिवेशनले ५३ करोड भन्दा बढीको बजेट विनियोजन गरेको छ। माधव नारायणको शुक्रवार सम्पन्न आठौँ नगर अधिवेशनको खुल्ला सत्रले विभिन्न शीर्षकमा ५३ करोड बढीको बजेट विनियोजन गरेको हो।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख बैजनाथ प्रसाद यादवले अधिवेशनको उद्घाटन सत्रमा चालु आर्थिक वर्ष २०८० –०८१ को लागि नीति तथा कार्यक्रम कार्यान्वयन गर्न उक्त बजेट प्रस्तुत गरेका थिए।  मेयर यादवले शिक्षा, स्वास्थ्य, कृषि र भौतिक पूर्वाधार विकासलाई प्राथमिकता राखेर  कुल ५३ करोड ३० लाख ४४ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका थिए।

चालू आवमा सङ्घीय सरकारबाट वित्तीय समानिकरण अनुदानतर्फ १० करोड ९४ लाख, सशर्त अनुदान तर्फ १९ करोड ३५ लाख २१ हजार ८ सय, चालू खर्च (राजस्व बाँडफाँट)बाट ९ करोड ३५ लाख २१ हजार ८ सय रुपैयाँ प्राप्त हुने छ। त्यसैगरी मधेस प्रदेश सरकारबाट वित्तीय समानिकरण अनुदान ७८ लाख ८७ हजार, विशेष अनुदान ३० लाख, समपूरक अनुदान २० लाख रुपैयाँ रहेको मेयर बैजनाथ प्रसाद यादवले प्रस्तुत गरेको बजेट वक्तव्यमा उल्लेख गरिएको छ।

त्यसैगरी सङ्घीय सरकारबाट प्राप्त हुने विशेष अनुदानमा एक करोड, समपूरक अनुदान एक करोड रहेको छ । नगरपालिकाको आन्तरिक श्रोत र केन्द्र तथा प्रदेश सरकारलाई फिर्ता गर्नुपर्ने मौज्दात गरी ८ करोड ९३ लाख ३५ हजार रुपैयाँ रहेको उल्लेख गरिएको छ। 

नगरमा आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने, करोडौँको लागतमा खेसरहिया स्थित निर्माण भइरहेको १५ शय्याको अस्पताल निर्माण कायलाई पुरा गरी सुचारु गराउने, बर्थिङ्ग सेन्टर संचालन गराउने कुरा नीति तथा कार्यक्रममा समेटिएको छ । नगरका किसानहरूलाई आत्मनिर्भर बनाउन खेत खेतमा सिँचाइको व्यवस्था, कृषि सडक निर्माण, निःशुल्क कृषि बिजुली,मलखाद्य र उन्नत बिउँ विजन निःशुल्क उपलब्ध गराइने छ ।

अत्याधुनिक खेतीका लागि आवश्यक पर्ने यन्त्रहरू एवं कृषिमा शिक्षाको प्रशिक्षणको व्यवस्था गरिनेछ । पशु पालनको आर्थिक अनुदान, दिइने छ । प्रत्येक टोलको मुख्य पक्की सडक बनाइने छ ।

एक गाउँदेखि अर्को गाउँसम्मको रहेको सडकलाई स्तर उन्नति गरिने नीति तथा कार्यक्रममा भनिएको छ । विद्यालयहरूमा  खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनौट , प्रत्येक विद्यालयमा सीसीटिभी जडान गर्ने, विद्यालयको संस्थागत सुधार गरी गुणस्तरीय शिक्षा प्रदान गराउने व्यवस्था गरिने नीति लिइएको मेयर बैजनाथ यादवले प्रतिबद्धता जनाएका थिए। नगरसभामा  उपमेयर निर्मला देवी रमण ,प्रमुख प्रशासकीय अधिकृत देवनाथ यादव, निर्वाचन जनप्रतिनिधिको साथै विभिन्न दलका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप