आफूलाई विश्वासको मत दिन पत्रमार्फत सबै दललाई मुख्यमन्त्री कार्कीको अनुरोध

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूलाई विश्वासको मत दिन सबै दलको नेता मार्फत सांसदहरूलाई अनुरोध गरेका छन् । कार्कीले आजै प्रदेशसभामार्फत विश्वासको मत लिने कार्यक्रम छ ।
'प्रस्तुत विषयमा नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम नियुक्त मुख्यमन्त्री म हिक्मतकुमार कार्कीले १६८ को उपधारा (४) बमोजिम कोशी प्रदेश सभाबाट विश्वासको मत लिन प्रदेश सभा नियमावली, २०७४ (पहिलो संशोधन सहित) को नियम १२८ को उपनियम (१) र (२) बमोजिम विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेस गर्न कोशी प्रदेश सभा सचिवालयमा सूचना दर्ता गराएको हुँदा उक्त प्रस्तावको पक्षमा मतदान गरी विश्वासको मत दिनुहुन तपाईको दल समक्ष हार्दिक अनुरोध गर्दछु', कार्कीले पत्रमा भनेका छन्, 'साथै, विश्वासको पक्षमा तपाईंको दलको तर्फबाट दिनु भएको मतले प्रदेश संरचनाको स्थायित्व र दलीय सहकार्य एवम् सद्भावमा ठोस योगदान पुग्ने विश्वास लिएको छु ।'
सर्वोच्च अदालतको परमादेशपछि भदौ २२ गते संविधानको धारा १६८ को ३ अनुसार मुख्यमन्त्री भएका कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको चौथो अधिवेशन गत असोज १७ गतेदेखि जारी छ ।
विश्वासको मत नपाए मुख्यमन्त्री कार्की स्वतः पदमुक्त हुनेछन् भने संविधानको धारा १६८ को उपधारा ५ अनुसार अर्को सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।
मुख्यमन्त्री कार्कीलाई एमाले बाहेकले विश्वासको मत नदिने भएका छन् । यसअघि एमालेकै कित्तामा उभिएको राप्रपाले पनि यस पटक तटस्थ बस्ने सम्भावना बढी छ । जसको कारण कार्की नेतृत्वको सरकारले विश्वासको मत पाउने सम्भावना कमजोर भएको हो ।
प्रदेशसभामा एमालेको उपसभामुखसहित ४०, काँग्रेसको २९, माओवादी केन्द्रको १३, राप्रपाको ६, नेकपा (एकीकृत समाजवादी)को ४ र जसपाको १ सांसद गरी ९३ सदस्यीय प्रदेशसभा छ । सरकार गठनका लागि भने बहुमत पुर्याउन ४७ सांसद आवश्यक पर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सबै वडामा आफ्नै भवन बनाउने अभियानमा नेपालगञ्ज उपमहानगरपालिका
-
ला लिगा फुटबलमा इस्पानियोल विजयी
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्तादेखि गभर्नरमा गुणाकरलाई रोक्ने प्रयाससम्म
-
नेपाली समाज भारतको नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए
-
बालुवाटारमा प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता